ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ
हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव।
तेरो ढाडमा किताबको झोला
मेरोमा भने फोहोरको झोला ।
तेरो औंलामा कलमको मशी
मेरोमा कालो मोशो र ठेलैठेला।
तेरो खुट्टामा टल्कने जुत्ता
मेरोमा फित्ता नभा चप्पल।
तलाई खेल्नलाई भकुन्डो र क्रिकेटको बल
मलाई भने खेल्नलाई मैलो लुगा र जुठो थाल।
तैले लगाउछस नयाँ नयाँ लुगा
मेरो एस्तो दिन कहिले हो आउने।
अलिकती च्यात्ते तैले फाल्ने
त्यही टाल्दापनी मैले किन लाउन नपाउने।
ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ
हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव।
त नजिक आउँदा अत्तर बास्ना आउने
म जती टाढा रहेपनी पशिना गन्हाउने।
तैले लगाउछस नयाँ नयाँ लुगा
मेरो एस्तो दिन कहिले हो आउने।
अलिकती च्यात्ते तैले फाल्ने
त्यही टाल्दापनी मैले किन लाउन नपाउने।
तैले भनेजस्तो पानी पाउदा पनि गर्न नुहाउछस आनाकानी
मैले त्यही अलिकती पानी पनि कुन महिनामा हो पाउने।
तेरो बाउले सधैं कुरा गर्ने बाल अधिकारको
तेसैले होला तेरो घरमा बस्दा मेरो यो हाल भाको।
ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ
हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव।
Comments