मार्गचित्र केही कोरेको छैन
चिनेजानेको साथमा कोही छैन
के खोज्दै हिंडेछु केही अत्तोपत्तो छैन
र पनि अघी बढीरहेछु म
निरन्तर अघी बढीरहेछु म
कसैलाई लाग्ला बहुलाएछु
कसैलाई लाग्ला शान्त बातावरण खोज्दैछु
कसैलाई लाग्ला यो बेस्तता बाट भागदैछु म
एकिन जवाफ र कारण थाहा छैन
र पनि अघी बढीरहेछु म
गोडा नथाकेसम्म
पेट नभोकाएसम्म
अघी लम्किरहेछु म निरन्तर अघी बढीरहेछु म ।
वरपरका मान्छे फेरिदैछन
स्थान परिवर्तनको क्रम बढ्दै छ
चिटिक्क परेको ज्यान झुत्रो भैइसकेछ
सबैको हेर्ने नजर बद्लिदै छ
र पनि केही वास्ता छैन
सार्हा संसारलाई एउटा कुनामा थन्काइ
गन्तब्यहिन यात्रि बनी हिडिरहेछु म
बेपर्वाह बनी अघी लम्किरहेछु म
शरीर नथाकेसम्म
सुर्य नअस्ताएसम्म
अघी बढीरहेछु म, निरन्तर अघी बढीरहेछु म ।
चिनेजानेको साथमा कोही छैन
के खोज्दै हिंडेछु केही अत्तोपत्तो छैन
र पनि अघी बढीरहेछु म
निरन्तर अघी बढीरहेछु म
कसैलाई लाग्ला बहुलाएछु
कसैलाई लाग्ला शान्त बातावरण खोज्दैछु
कसैलाई लाग्ला यो बेस्तता बाट भागदैछु म
एकिन जवाफ र कारण थाहा छैन
र पनि अघी बढीरहेछु म
गोडा नथाकेसम्म
पेट नभोकाएसम्म
अघी लम्किरहेछु म निरन्तर अघी बढीरहेछु म ।
वरपरका मान्छे फेरिदैछन
स्थान परिवर्तनको क्रम बढ्दै छ
चिटिक्क परेको ज्यान झुत्रो भैइसकेछ
सबैको हेर्ने नजर बद्लिदै छ
र पनि केही वास्ता छैन
सार्हा संसारलाई एउटा कुनामा थन्काइ
गन्तब्यहिन यात्रि बनी हिडिरहेछु म
बेपर्वाह बनी अघी लम्किरहेछु म
शरीर नथाकेसम्म
सुर्य नअस्ताएसम्म
अघी बढीरहेछु म, निरन्तर अघी बढीरहेछु म ।
Comments