म फुच्चे
जिउ थियो सार्है पातलो
त्यहि पनि छाडिन्थेन लाउन धाक।
यस्तै उस्तै परिहाले
कहिलेकाही बजारिन्थ्यो नाक।।
स्कुल त कहीले नै गइन्थ्यो र
बरु गइन्थियो मनोहरामा खेल्न पौडी।
घडीले ४ हानेको मेसो पाउनासाथ
पुगिन्थियो घर दौडिदौडी ।।
परिक्षामा के नै पो आफै लेखिन्थ्यो र
मिलेसम्म सारिन्थ्यो खुरुखुरु ।
नतिजा जबजब आउन्थियो घरमा
सुरुवालमै तुर्क्यैन्थियो तुरुतुरु ।।
बाल्यकाल त थियो तेस्तै
सधैं चकचक गर्दैमा समय कट्थियो ।
खेल्ने मामलामा त
कस्ले पो मलाई भ्यौथियो।।
हेर्दाहेर्दै समय
कति चाडै बितिसकेछ।
म फुच्चेलाई
नसोचेको कुखुरे बैस लागीसकेछ।।
चङ्गाको सिजनमा
कतिको लट्टाइ लुटियो लुटियो ।
चैट भाको चङ्गा समात्न जादा
कतिचोटी सिस्नो पनि चाखियो।।
साइकल सिक्न खोज्दा
मन नपरेकालाई कति ठोकियो ठोकियो।
हिरो बनी ओरालो झार्दा
एकपटक गाडीमै लागेर जोतियो ।।
गुच्चा र रबरको खेलमा
सधैं भैन्थ्यो झेल्ली नम्बर १ ।
घरमा बाले थाहा नपाउनेगरी
कहिलेकाही लगाइन्थ्यो एक्दुइ पेग ।।
केही काम बिगार्दा
खुसुक्क कुलेलामा ठोकिन्थ्यो ।
जतिनै जिउमा निलडाम किन नहोस
गल्ती त पटक पटक दोहोरिन्थ्यो।।
हेर्दाहेर्दै बर्षले
१६ पनि पुगिसकेछु।
केटीसँग बोल्न लाज मान्ने फुच्चे म
हात समाइ हिड्ने भैसकेछु ।।
जिउ थियो सार्है पातलो
त्यहि पनि छाडिन्थेन लाउन धाक।
यस्तै उस्तै परिहाले
कहिलेकाही बजारिन्थ्यो नाक।।
स्कुल त कहीले नै गइन्थ्यो र
बरु गइन्थियो मनोहरामा खेल्न पौडी।
घडीले ४ हानेको मेसो पाउनासाथ
पुगिन्थियो घर दौडिदौडी ।।
परिक्षामा के नै पो आफै लेखिन्थ्यो र
मिलेसम्म सारिन्थ्यो खुरुखुरु ।
नतिजा जबजब आउन्थियो घरमा
सुरुवालमै तुर्क्यैन्थियो तुरुतुरु ।।
बाल्यकाल त थियो तेस्तै
सधैं चकचक गर्दैमा समय कट्थियो ।
खेल्ने मामलामा त
कस्ले पो मलाई भ्यौथियो।।
हेर्दाहेर्दै समय
कति चाडै बितिसकेछ।
म फुच्चेलाई
नसोचेको कुखुरे बैस लागीसकेछ।।
चङ्गाको सिजनमा
कतिको लट्टाइ लुटियो लुटियो ।
चैट भाको चङ्गा समात्न जादा
कतिचोटी सिस्नो पनि चाखियो।।
साइकल सिक्न खोज्दा
मन नपरेकालाई कति ठोकियो ठोकियो।
हिरो बनी ओरालो झार्दा
एकपटक गाडीमै लागेर जोतियो ।।
गुच्चा र रबरको खेलमा
सधैं भैन्थ्यो झेल्ली नम्बर १ ।
घरमा बाले थाहा नपाउनेगरी
कहिलेकाही लगाइन्थ्यो एक्दुइ पेग ।।
केही काम बिगार्दा
खुसुक्क कुलेलामा ठोकिन्थ्यो ।
जतिनै जिउमा निलडाम किन नहोस
गल्ती त पटक पटक दोहोरिन्थ्यो।।
हेर्दाहेर्दै बर्षले
१६ पनि पुगिसकेछु।
केटीसँग बोल्न लाज मान्ने फुच्चे म
हात समाइ हिड्ने भैसकेछु ।।
Comments