बिबाद
बिबाद! बिबाद! बिबाद! नेपाल भन्ने देश के बिबादमा पर्नलाई मात्रै बनेको हो त?
यो प्रश्नले मेरो दिमागमा सधैं झट्का हानीरहन्छ। मलाई थाहा छैन म कहिलेसम्म यो रोगबाट ग्रषित रहनुपर्ने हो। तर अहिलेको ताल हेर्दा मलाई के विश्वाश छ भने नेपाल बिबादमा परीरहेको हेर्नलाई मेरो तीन पुस्तासम्मकाले पनि पौनेछन। प्रधानमन्त्रीले गाडी चढ्यो भन्यो बिबाद, कुना नेताले हिन्दिमा भाषण गर्यो भन्यो बिबाद,सेनामा नयाँ भर्ती लियो भन्यो बिबाद,जनमुक्ति सेनाले हतियारको चाबी बुझायो भन्यो बिबाद,मैले पाउनुपर्ने तेसले पायो भन्यो बिबाद,जनताकै भलाइकै लागी भनेर नयाँ सेवा केन्द्र अनि सदरमुकाम खोल्ने घोषणा गर्यो बिबाद,बिदेशी लगानी भित्रियो बिबाद,यस्तै यस्तै अरु अरु। एसो कुरा राम्ररी केलाएर हेर्ने हो भने पाउन सकिन्छ कि कसैको पनि बक्तब्यमा पहिला बिबाद सुरु गर्ने काम त्यही जनताको सेवक भनौदा भ्रस्टाचारबाट ग्रशित नेताहरुकै हुन्छ जसले आफ्नो पालामा त जनतालाई रिझाउन त सक्दैनन् सक्दैनन् तर अरुको पालोमा खुट्टा तान्नमै व्यस्त देखिन्छन।हैन हाम्रा यि नेता भनौदाहरुलाई किन लाज नभएको ह? यिनिहरुले केही समय अरुलाई पनि काम गर्न दिए त हुनेनी कती बिबादमा मात्रै फस्छन्।
हैन सधैं बिबादमा मात्रै पर्ने काम गर्ने हो भने देश बिकासचै कसले गर्ने अनी कहिले गर्ने? मुर्दाले ? बिदेशिले? के देश खैरेको हातमा सुम्पिने बेला आएकै हो त? अनी सधैं बाद्बिबादमा मात्रै समय खेर फाल्ने हो भने देश परिवर्तनको खाका चै कसले कोर्छ? यो माथिका प्रश्न म मेरा प्रिए नेता भनौदाहरुलाई अनी सबै नेपाली जनतालाई सोध्न चाहन्छु।
कती नेतालाई मात्रै दोष दिनु यदी हामीले आफ्नो कामको केस्रा केस्रा केलाएर हेर्ने हो भने हामी आँफैलाई पनि त्यो समुहमा पाउन सक्छौ जो आफुलाई बिबादमा राख्न रुचाउछ। हामी आँफै सोचौ त त्यो ठुला नेताका पछी को कुद्ने गरेको छ? यिनीहरुले उठ भने उठ्ने र सुत भने सुत्ने को मुर्ख जनता हुन? हो ति मुर्ख हामी सबै नेपाली जनता नै हौ जो गलत र सहि छुट्याउनु सक्दैन र आफुले रुचाउने नेताले बोलेको कुरालाई पुरै समर्थन गर्छ चाहे त्यो स्वीकार्न आफ्नो मूल्य मान्यता र सोचाइको धार नै किन परिवर्तन गर्न नपरोस।हे जागरुक युवा, हामी किन बुझ्न सकिरहेका छैनौ कि हामीले यसरी आफ्नो मान्यतालाई सम्झौता गर्दै लैजाने अनि आफ्नो बिचारको धारानै परिवर्तन गर्ने हो भने तिनिहरुमा अझ धेरै गल्ती गर्नलाई प्रोत्साहन हुन्छ। तेसैले अब हामी सबै जनता जागरुक हुनै पर्छ र बिना कुनै सम्झौता एस्ता नेताहरुबाट देशलाई जोगाउन आँफै कम्मर कसेर लाग्नै पर्छ।
कि कसो मेरा साथिहरु ?
Comments