यहाँ यस्तै रहिछ
आफ्नोले धोका
बिरानो ले माया
सम्झिदै मन कुटुक्क खान्छ
जब थाहा पाउदा
धेरै बिश्वास गर्नुको परिनाम
स्वार्थको पनि एउटा सिमा हुन्थ्यो
यहाँ त सिमानै देखिएन
बाचा र बन्धन
कुनै नामनिसानै भेटिएन
शायद आफुभन्दा धेरै माया गर्नु
गल्ति मेरै थियो
जिन्दगी नै तहसनहस हुनेगरी
निराशाको तुशरापात झारिदियौ
असफल प्रेमको पिडा
बल्ल भोग्दै छु
सम्हाल्नै नसक्ने भैसके
आत्महत्याको वाटो रोज्दै छु
Comments