तिमी यो देशको नागरिक होउ भने
जाउ
नारिको अस्मितामाथि टान्डप न्रीत्य गर
एउटा इमान्दार कर्मचारीको चिरहरन गर
चेलीबेटी बेचबिखनको नाइेके बन
जातपातको नाममा हिंशा मच्चाउ
कलीला युवालाई लागुपदार्थको नशामा डुबाउ
पढ्ने ठाउलाई जुवाको थलो बनाउ
बिध्यालय को कुर्सिलाई आगोको मुश्लो बनाउ
हस्पिटललाई राजनीतिको प्रयोगशाला बनाउ
कुनै पनि सडकमा टायर बाल्न नछोड
देशको झन्डालाई फोहोर थाप्ने टालो बनाइ
कुनै पनि एक पार्टीको झन्डालाई सलाम गर
अनी बल्ल बन्नेछौ तिमी यो देशको सच्चा नागरिक
अनी बल्ल हुनेछौ तिमी यो देशको महान सपुत
Comments