चिन्ता नलिम होला।
यहाँ एस्तै रहिछ भनी चित्त बुझाम होला
कोसैले भन्थे सतिले सरापेर एस्तो भाको
त्यो त केवल एउटा बहाना मात्र होला
आफ्नो कायरपन बाट भाग्नलाइ
आफ्नो जिम्मेवारिदेखी पंक्षिनलाई
दोश उनिहरुलाई मात्र नदिम होला
हेर्नुस कम्प्युटरभरी के लेखेका छन
कतिले आक्रोश पोखेका छन
राम्रो भन्ने कोही छैनन
तर पनि देश उनिहारुकै हातमै छ
एक पटक मनन गरौ होला
के हामी नोर्दोश छौ त??
प्रयास गर्दै छौ, तर के एतिले पुगेको छ त ?
अब धेरै नघोरिवौ होला
जवाफ स्पस्ट छ
अह पुगेको छैन हाम्रो प्रयास
कम्प्युटरको भित्तोले पुगेको छैन
गाउँ गाउँ को मान्छेले बरु बुझिसके होलान
तर हामीले बुझ्न सकेका छैनौ
अह फिट्टिकै छैनौ
बुझ्न पनि किन पर्यो
के नै पो खाचो परेको छ र
खान लाउन पुगेकै छ
उस्तै परे वाक्क लागे बिदेश लाग्दिन्छौ
के छ र हाम्लाई
धेरै सजिलो भाको छदै छ्
तेसैले धेरै चिन्ता नलिम होला
आफ्नो दिमागको नशा नतन्काम होला
देश जहाँ गएपनी हामी कही जाने छैनौ
हाम्रो भबिस्य सुनिस्चित छदै छ्
देशमा नभये एन एर एन र पि आर
भन्दै बिदेशमा त पक्कै सुनिस्चित छ
Comments