तिम्रो ओठमा देखिने मन्दमुस्कान अनी हासो देख्दा लाग्छ
बसन्त रितुको आगमन भएको छ
चारैतिर हरियाली अनी रङिचङी फुलहरुले ढकमक्क ढाकिएका छन
चराचरुङी हरु चिर्बिर्चिर्बिर गर्दै गुङुनाउदै छन
डाँफे र मयुर आफ्नो पंख फिजाउदै नाचिरहेका छन
कोयलहरु कुकु कुकु गर्दै काफल पाकेको संकेत दिदै छन
मानौ तिम्रो एक मुस्कानले चारैतिर खुशीयालिको बहारसङै
सुशेली बजाउदै बगिरहेको खोलाबाट निस्केको झरनासङै इन्द्रेनी बनीरहेका छन।।
ओहो साच्चै कती मनमोहक छ यि द्रिश्यहरु, ।।
जती हेरिरहे पनि कहिले चित्त नबुझ्ने, तिम्रा ति मुस्कान जस्तै ।।
तर जब तिम्रो ओठमा ठुस्सपना आउछ अनी अनुहारमा रिशाको झझल्को आउछ
एस्तो लाग्छ कि मानौ
कुनै भयानक सपना देखिरहेको छु
आधी तुफान आउँदै छ र
सम्पूर्ण बस्ती तहसनहस पार्नेछ
आकाशमा कालो बादल मडारिदै छ
र संकेत दिदै छ त
केवल
सत्यानास र बिधोंशको
तेसैले म भन्छु मेरी प्रिय
तिमी सधैं एस्तै गरी हासिदेउ, फुलिदेउ, ओठमा मुस्कान छरिदेउ , कोयलका आवाजझै गुङुनाइदेउ,
अनी दाफेको नाचसङै नाच्दै
मेरो जीवनमा अाइ
यो उजाड जीवनलाई एउटा मार्ग देखाइदेउ, रुपरेखा बदलिदेउ
यो उजाड जीवनलाई स्वर्गको बगैचाझै सजाइदेउ, सधैं उत्कृष्ट बनाइदेउ।।
Comments