काठमाडौं बासी भएर मिटरको ब्यथा सहनु नपर्ने हुनै सक्दैन। पछिल्ला दिनहरूमा केही मित्रजनहरूले निकाल्ने गरेका वाक्य हो यो । अब यस्तै केही मिटरका जुन टार्छु भनेर पनि टार्न सकिदैंन सुनम न त:
१) धारा:
हावा भन्दा बढी त आएको थाहा छैन तर मिटर भने घुमेको घुमेकै। मिटर नजोडौ सरकारले जरिवान छेराउने आनि जोडौ त पानीको थोपा नदेखेपनी पैसाको नोट भने बुझाउनुपर्ने। कस्तो बिडम्बना !!
२) बिजुली:
तारमा बिजुलीको झट्का कतिखेर आउछ त थाहा हुदैन तर ठ्याकै हरेक महिनाको १ गते बिजुलीको बिल ढोकैमा आइपुग्छ भन्ने चै पक्का छ। चट्ट आउछ मिटर हेरीटोपल्छ आनि चढाइदिन्छ सुन्दै एती धेरै भन्ने गरि बिल। कसरी एत्रो आयो भनेर सोध्यो मिटरले देखायो रे। अचम्मचै के लाग्छ भने दिनमा २ घण्टा बिजुली नहुदा उठ्थ्यो ६००-७००को हाराहारिमा ल आजकाल दिनमा त्यहि २-४ घण्टा बिजुली बाल्न पाईन्छ त्यो पनि बेलैमा घर आइपुगेको खण्डमा र पनि बिल उत्तिनै(५००-६००को हाराहारिमा) देखापर्छ। मिटर आफै घुम्छ की क हो हावाले पंखा घुमाको जस्तै।
३) ट्याक्सी:
तपाइ ट्याक्सीमा २-४ किलोमिटर हिड्नुस नहिड्नुस मिटर एस्तरी घुमिसकेको हुन्छ की मानौ १००मी को रेसमा तिब्र गतिको धाबक कुदिरहेका छन्। धारा र बिजुली त कतिखेर घुमेको हुन्छ थाह हुदैन तर यो ट्यक्सीको मिटर भने आफ्नै आँखा अगाडि घुमिरहेको हुन्छ। हेर्दा हेर्दै १५०-२०० ले पुग्ने ठाम्मा घटीको ४०० चढाइदिने गरि मिटरले देखाइदिन्छ। नतिरौ मिटरले देखाउछ तिरौ सरासर ठगियेको थाहा हुन्छ। आजकाल त सरकारले छड्के हान्छ रे। अलिकति ढुक्क के भएको अब त थोरै पैसा तिरे हुने भयो भनेर थाहा पाको भोलि पल्टै ट्याक्सिवालाहरूको चक्कजाम रैछ। क्या फसाद!!!
यिनै दैनिक मिटरको समस्यासंगै सुरु हुन्छ शरीरमा गडबडी। गडबडी नी एस्तो को डक्टरकोमा जानै पार्ने स्थिती आउछ। नजावौ शरीरको स्थिति देखेर मानसिक तनाव सुरु हुन्छ जावौ कुन्नी के के थरीको मिटरको घुमाइले दिने औषधीको बिल देखेर झनै तनाव। यो मिटर र बिलको सम्बन्धले मानसिक तनावलाई चै कैले नछोड्ने भयो बा।
- ब्लड प्रेसरको मिटरपनी प्राय बढी नै घुम्ने गर्छ।
- शरीरको तापक्रम कैले सामान्य देखाउने हैन। त्यो थर्मोमिटर पनि हल्का त बढी चढेकै हुन्छ।
यी दुई मिटरको चढाइसंगै हाम्रो हातमा एउटा सानो कागज थमाइन्छ। शरीरलाई सामान्य अवस्थामा राखिरहन खानुपर्ने केही औषधीको नामहरू। पैसाको त कुरै नगरौ।
लौ अब भन्नुस् के गर्न सकिन्छ। यहाको मिटरको कथा सधैं यस्तै छ "न त टार्न सकिने न भाग्न सकिने"।।
जय मिटर माता ।

Comments