प्रसँग हो पछील्लो हप्ता को एक घटना जुन नेपाली फिल्मी ईतिहासमा तहल्का मच्चाउन सफल चलचित्र लुटको ५१ दिने कार्यक्रममा घट्न पुगेको थियो। घटना लाई तपाईंले माथिको भिडियोमा हेर्न सक्नुहुन्छ।
न त म पत्रकार न त म कलाकार तर अहिले चै मलाई यो भिडियो हेरेपछी केही लेख्न मन लागेर लेख्न लागेको छु। कोसैसँग प्रभावित नभैकन लेखेको यो लेख मेरो नितान्त ब्यक्तिगत धारणा हो।
१: पत्रकार बन्धु पत्रकार हुन भन्ने कुनै सन्केत देखिदैन। अब को को मान्छेले अनुहार नजिकै लागेर फोटो खिच्न आउछ भने रिश उठ्नु स्वभाबिक हो।
२: पत्रकार बन्धुको ति कलाकारहरुसँग बोल्ने तरिका त्यही हो। ति कलाकर्मिले फोटो नखिच्नुस भनेर आग्रह गर्दा झन किन उफ्री उफ्री खिच्न जानुपर्ने हो। ति कलाकर्मिले चै सार्वजनिक ठाउमा आएर अनी मेरो फोटो नखिच्नुस् कसरी भन्न सकेको हो। ति कलाकारहरुलाई हरेक पत्रीकामा पनि उनिहरुकै फोटो आउनु पर्ने हुन्छ अनी फेरी कोसैले फोटो खिच्न आउँदा नखिच्नुस् रे अझ।। यो सुन्दा ति उम्रदो बैस देखेर बोकापन देखाउने पत्रकार बन्धु भन्दा बढी दोश त म ति कलाकारहरुमा देख्छु जो फोटोको भोगी त हुन्छन तर फोटो चै उनिहरुले भनेको समयमा खिचेको हुनुपर्ने रे।
३: शाहना जि ले माफि माग्दै आफ्नो स्विकारोक्ती दिदै गरेको समयमा अरु पत्रकारले चै कस्तो कस्तो आक्रमक शैलिमा प्रश्न गरेका हुन। तेती सार्हो आक्रमक हुन सक्नेले बरु नेताहरु सँग आक्रमक शैलिमा बोल्नु, लेख्नु, कार्यक्रम प्रसारन गर्नु नि।
४: निशाजी ले माफि मागिसकेको अवस्था थियो। त्यो लफडा साम्य भैसकेको अवस्था थियो। तेसपछी ति पत्रकार बन्धुले किन हो तान्न पर्ने फेरी। के चित्त नबुझेको हो तिनलाई। खुट्टाइ ढोगेर माफि माग्न पर्ने रैछ कि कसो कुन्नी। कुरै बुझ्न गार्हो।
५: तान्ने भनेर तेती सार्हो चर्को त पत्रकार बन्धुले केही गरेका थिएनन। तर निशाजिले फेरो कत्रो चर्को आरोप लगाएको हो। म जस्तो एउटा सेलिब्रिटिलाई हातपात गर्यो रे।। कत्रो घमन्ड हो आफ्नो रुपमाथी।। त्यो दश थरी मेकअप गरेर छोटा कपडा लगाउदैमा कोही हट हुने भएमा त नेपालको सबैभन्दा हट महिलाहरु भनेर बादी महिलालाई चिनिन पर्ने हो। हैन र!!!!
भिडियो हेर्दा दुबै पक्ष आक्रमक शैलिमा देखिएका छन। दोश कसलाई दिनु। कुनै एकलाई मात्र दोश दिनु भनेको त अर्को पक्षलाई अन्याय गर्नु हो। यो भिडियो हेर्दा मलाई एउटा भनाइ याद आयो: एक हातले ताली बज्दैन।
सिधा भन्नुपर्दा पत्रकार बन्धुले थालनी गरेको घटनालाई निशाले आफुलाई हात लगाएको आरोप लगाउदै टुङ्याएकी छिन। । घटना एउटा पत्रकार र कलाकर्मि बिचको थियो तर लान्छना समग्र कला क्षेत्र अनी पत्रकारिता क्षेत्र लाई लागेको छ।
अब बाँकी निर्णय तपाईंहरुको: दोश कसलाई दिएर घटनाको अन्त्य गर्न चाहनुहुन्छ।।
Comments