हजुरबा :: त के एस्ता नाथे होलिको धाक लाउछस। होली त हामी खेल्थेम। सबै परिवार एकै ठाममा भेला हुन्थेम अनी रमाइलो गर्थेम। यो नाथे बेलुन भनेको त केही प्रयोग गर्थेनम खाली सुद्द रङ र पानी अनी सपरिवारका साथ सद्भाब बढाउथेम।
म :: होली त हाम्रो पो रमाइलो त। ल हेर्नुस चट्ट समुह बनायो अनी निस्कियो शहर बजार तिर। तरुनी देखेमा त झन आनन्द, ताकेर बेलुन हान्न जतिको मज्ज तपाईंहरुको पालामा हुन्थ्यो ? अझ मुखभरी आफुलाई मन परेको जस्तो आक्रिती बनाउने हो, प्लास्टिकमा फोहोर पानी भर्ने हो अनी छतछतमा ताकेर हान्ने हो। जसलाई लागेनी बाल हाम्लाई। कस्ले हान्यो चिन्ने हैन क्यारे।
आउने पुषता :: ह्या यि बा र हजुरबा पनि के आफ्नो बोरिङ्ग लाग्दो होलिको कथा सुनाइरहेको होला। ल हेर्नुस त्यहा सिसामा होली त्यस्तो हुन्छ। यि यो चै रेमोट अनी एसले रङ छान्ने यसले कसलाई हान्न मन लाग्छ ताक्ने अनी यसले बजाइदिने। लौ लागेन शिट!!!! लौ तपाईंहरु पनि ट्राइ गर्नुस लागिहाल्छ कि।।
शायद तेसपछिकोले चै सोध्लान :: हैन यो होली भनेको के हो ??
Comments