मरेको तिम्रो छोरो छैन
किन डराउछ्यौ तिमी
हेर्दै जाउ अहिले समय साथ छैन त के भो
अलिक केही प्रतिक्षा गर्दै जाउ
जप्नेछन सबैले तिम्रो नाम
आमा हेर्देउ न हामलाई पनि
भन्देउ न तिम्रो छोरालाई भनि
हातमा घिउको बट्टा
शब्द शब्दमा चाप्लुसीको बासना
एस्तै देख्ने छौ तिमिले।।
नअत्तालिनु धेरै दंग नि नपर्नु
ति सबै क्षणिक हुन
गर्नु त्यो भन्दा धेरै छ
चुम्नु छ आकाश
जन्म त तिम्रै कोखबाट भाको हो नी
पछि हट्ने तिम्रो छोरो हैन
दु:ख र बाधा कसलाई आउदैन
परिस्थितिसँग डटेर लड्ने उपदेश
खुट्टा नकमाइ हाल्ने तिम्रो आदेश भुल्या छैन्
सासलाई अझ केही बर्ष जोगाइ राख
सुगन्धले भरिएको संसारमा पाइला राख्नु छ
मर्नु अघि पुजिने सबै देउतामा माथा टेक्नु छ
बनावटी हैन एकपटक मनबाटै हासेको हेर्नु छ
त्यो आवाजलाई लुकाइ राख आमा
तिम्रो लाचारी आनि गरिबिमा पिठ्यु देखाका अगाडी
एकदिन खुशिका साथ चिच्याउनु त बाँकी नै छ…।
Comments