Skip to main content

Money..


उडाउदै  धुवा
हिडिरहेको छू लथालिङ अवस्थामा 
भौतारिदै  छू  आज
रहरै  रहरहरू  पूरा  गर्न  भनि
कमाउने  धुनमा  टन्न  Money..
मतलब छैन  पर्वाह  छैन्
जसरी  हुन्छ  कमाउछु  पैसा
गर्नु  परे  गर्दिन्छु दंगा  
चाहे  साहुको  होस  वा  बाउको
उस्तै  परे  भन्दिन  आमा  पनि
जसरी  भए  नी  बटुल्छु  Money..

संगै  गुच्चा खेल्दै  हुर्केको  साथि
हेर्दाहेर्दै  पुगिसक्यो  धेरै  माथी
जैले  हातमा  हल्लौदै  हिड्ने  गर्छ  हात्ती
मलाइ  नी  पुग्नुछ  त्यहा
देखाउनु  छ जमाउनु  छ आफ्नो धाक
जगल्टे  समाजको  अगाडी  जोगाउनु  छ  नाक
राम्रो  नराम्रो  देख्ने  बानि  छैन्
अरुले  के  भन्छ  सोच्ने  मान्छे  म  हैन
Shortcutko जमानमा  गिदी  खियाउने  फुर्सद  छैन
साथ  दिने  कोहि  नभए  खुट्टा  कमाउने  म  हैन
सक्छस  आइज  आट  गर्दै  म  नी  तेरो पार्टनर  भनि
अरु  थाहा  छैन  जसरी  नी  कमाउने  हो  टन्न Money..



Comments