बडो अजिव तथा गरिव परिस्थितीमा उल्झिएको अवस्था
माइक्रोमा पसेको छु
बडो भिड छ
यो मोटो शरीरलाई नागबेली बनाइसके
श्वास फेर्न गार्हो भाको बेला
अाइन यौटी फेमिनिस्ट
अङ प्रत्यङ छोइयो रे उन्को
लौन के भन्छिन एस्तो
तेती वाक्य उनको फुट्यो
सद्मा त मलाई पो लाग्यो
के के नानाभाती रोगले ग्रस्त म
सबै आँखा खाउलाझै तेर्सिदैछन मै तिर
उत्तर के दिउ कसरी दिउ
फेरी सुन्न तयार को छन र यहाँ
इज्जतमाथि प्रश्न त अाइसक्यो
के तेरो घरमा दिदी बहिनी आमा छैनन ?
हेर्दा त पढेलेखेको छस के एही हो तेरो पढाई ?
तेरो बाउ आमाले सिकाको पाठ एही हो ?
अचानक एउटा गाजा खाएर टिल्ल पर्या केटोले त दिहाल्यो
एक बाघे झापु
एुटी आईमाईले पिच्च मुखको फोहोर खन्याइहालिन खकारमार्फत
यो १५ मिनेटको दुरी घन्टौको लाग्यो
निस्किउ माइक्रो आफ्नै बेगमा बत्तासिएको छ्
ननिस्किउ यो अन्जान भिडले अनाहकै दानव तुल्याइदिएका छन
खत्र्याक खुत्रुक एताउती साहाराको खोजिमा नजर डुलाउछु
झन झन लज्जित अनी अपहेलित म
माइक्रोको यात्राले जन्माएको एक अपराधी म
Comments