Mens Room Reloaded सँगको तिता मिठा अनुभव
(हरेक कार्यक्रममा, थकान झल्किन्थ्यो मुहारमा तर त्यसलाई मुस्कानले टारिदिन्थे । राति १२ बजे घर पुग्यो, अनि बिहान ७ बजे फेरि त्यहि भेला हुने स्थान तीनकुनेमा पुग्यो । बोलेरो र पिकअपले ज्यानै थर्काउदा पनि मस्त निदाईन्थ्यो, कति मीठो थियो त्यो निन्द्रा, अहिेले अफिसमा घुम्ने कुर्सामा बसेर टाईप गर्दा त्यो क्षणलाई केवल स्मरणमात्र गर्न सकिन्छ, आनन्द लिन सकिंदैन ।)
प्रश्न : मेंस रूम रेलोडेड भनेको के हो ? सरल भाषमा बताइदिनुहोस् न ।
बिक्रम : सर्वप्रथम प्रस्ट्याईहालौ मेंस रूम रेलोडेड कुनै दर्ता गरिएको संघ वा संस्था होईन । यो विशुद्ध मनोरञ्जनको लागी सामाजिक सञ्जाल फेसबुकमा खोलिएको समूह जुन पछि गएर सामाजिक कार्यमा लागेको हो ।
प्रश्न : मेंस रूम रेलोडेड को बारेमा जान्न पर्यो भने कताबाट थाहा पाउन सकिन्छ ?
बिक्रम : आज सम्म मेंस रूम रेलोडेड ले गरेका कार्यहरु कतिलाई थाहा होला कतिलाई थाहा नहोला । थाहा छैन भने समूहमा भेटिन गाहे पर्छ, तर पेज हेर्नुभयो भने मेंस रूम रेलोडेड को बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्नसक्नुहुन्छ ।
पेजको लिंक यसप्रकार रहेको छ :
https://www.facebook.com/Mens.Room.Reloaded.MRR
प्रश्न : तपाइको समूहमा के कस्तो सदस्य रहनुभएको छ र सामाजिक कार्य गर्दै आउनुभएको छ ?
बिक्रम : हामी एडमिन र फिल्डमा उत्रिने सदस्यको, हामीमध्ये धेरै आ आफ्नो पेशामा आबद्ध छौं र केहि साथी पढिरहेका छन् । फुर्सदको समय र निजी जिन्दगीको समय कटाएर सामाजिक कार्यलाई किन नदिने त भनेर हामी लागेका हौं । संविधानसँग सम्बन्धित कार्यक्रम देखि लगातार मेंस रूम रेलोडेडको कार्यक्रम भईरहेको छ र आक्रामक रुपमा सामाजिक कार्यमा संलग्न हुदै आएका छौ ।
प्रश्न : महिना अघि आएको विनासकारी महाभुकम्पमा मेंस रूम रेलोडेडले केकस्तो कार्य गर्यो ?
बिक्रम : भूकम्पमा मेंस रूम रेलोडेडले आफ्नो ठाउँबाट सक्दो गरेको छ जस्तो लाग्छ मलाई । भूकम्पपछिका दिनमा मेंस रूम रेलोडेड फिरन्ते स्वयंसेवक बनाएर हामी हिंड्यौं । मेरो बाईकमा ४ जना दिनभर काठमाडौं डुल्यौं, अस्पतालहरुमा स्वयंसेवकको रुपमा खटिनु भयो कति साथीहरु, क्याम्पमा पानी वितरणमा सहजीकरण लगायत त्यसपछिका दिनहरुमा राहत वितरण ।
प्रश्न : तपाईहरु विगत ४ वर्षदेखिन् निरन्तर रुपमा लागिरहनुभएको छ, यस समूह दर्ता भएको समूह पनि होइन भनिहाल्नुभयो । तपाईहरु आर्थिक सहयोग कसरी जुटाउनुहुन्छ ?
बिक्रम : भूकम्पको बेलामा मेंस रूम रेलोडेडलाई आथिर्क रुपमा सहयोग गर्नेलाई औंलामा गन्न सकिन्छ र सहयोगार्थ उत्रनेको सङख्या पनि साच्चै भन्नुपर्दा त्यति उल्लेखनीय थिएन । हामि करिब ७० जना शारीरीक रुपमै भुकम्प पिडितका निम्ति भोकप्यास केहि नभनी अहोरात्र खटिएका थियौ । त्यहि अनुहार हरेक कार्यक्रममा, थकान झल्किन्थ्यो मुहारमा तर त्यसलाई मुस्कानले टारिदिन्थे । राति १२ बजे घर पुग्यो, अनि बिहान ७ बजे फेरि त्यहि भेला हुने स्थान तीनकुनेमा पुग्यो । बोलेरो र पिकअपले ज्यानै थर्काउदा पनि मस्त निदाईन्थ्यो, कति मीठो थियो त्यो निन्द्रा, अहिेले अफिसमा घुम्ने कुर्सामा बसेर टाईप गर्दा त्यो क्षणलाई केवल स्मरणमात्र गर्न सकिन्छ, आनन्द लिन सकिंदैन । करिब साँढे दुई लाखदेखि पौने तीनलाखको हाराहारीको खर्चमा हामी लेले, भैंसें, सिन्धुपाल्चोक, काभ्रे सिन्धुलीका विभिन्न वडाहरुमा पुग्यौं । भक्तपुरका भित्री गल्लीबाट होलसेलमा चामल खोजी ज्याला जोगाउन मेंस रूम रेलोडेडका स्वयमसेवकले चामल बोकेको र गाडीवालाहरुसँग अनुरोध गरी तेलखर्च र चालकलाई भत्तामा मनाएको अनुभव आफैसँग छ ।
नामै किटेर भन्नुपर्दा Insmam Ansari जसले महोतरीमा बसेर राहत सामाग्री पठाईदिनुभयो, शक्ति क्षेत्री जो बारपाकदेखि सिन्धुपाल्चोक सम्म पुगे आफ्नो बिरामी बाबुलाई अस्पतालमा छाडेर, कृष्ण जोशी जसले औषधीको व्यवस्था गरे, Ryuk साहू जो विरगञ्जबाट सहयोग जुटाई काठमाडौं आए । भूपदेव शाह, सुवास कार्कि, आशिष गौतम आदि जो धेरै खटिए । नाम छुटेका साथीहरु नरिसाउनुहोला, म बिर्सिन सक्छु तर राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याईं गर्दिन । तात्पर्य के हो भने खाने मुखलाई जुँगाले छेक्दैन, महाविपत्को बेलामा भूगोल र भावनाले रोक्दैन । विदेशमा बस्ने साथीहरु, विशेषगरी Australia मा बस्ने साथीहरु र मित्र पुकार थापा, जारास्ता महर्जन लगायतका साथीहरु, फोनमार्फत् admin लाई सहजीकरण गरिदिने मित्रहरु सबै हाम्रो प्रेरणाका श्रोत थिए ।
ःमेंस रूम रेलोडेडका कार्यक्रम प्रमुख बिक्रम के. सी. सँगको अन्र्तवार्ताको केही अंश ।
ःमेंस रूम रेलोडेडको बारेमा तिता मिठा अनुभव उहाँकै शब्दमा बिस्तृतमा पढ्न तल उल्लिखित लिंकमा प्रवेश गर्नुहोला ।

http://thethreebeggars.blogspot.com/2015/06/things-to-know-about-mens-room-reloaded.html
Comments