निकै रमाइलो पल थियो
एउटा मिठो काहानी कोरिदै थियो
मुसुक्क मुस्कान
तर्के हेराइ
हातमा हात
बेसुरे गीत
बेताले न्रित्य
कती खुशी थियौ हामी ।
लाग्थ्यो
उनी
अनी म
समय बितेको पत्तै नहुने
कहिले "म" "हामी" भएथ्यो
महसुस भयो
मनमनै रङिन सपना कोरियो
आँखै आँखामा फुलबुट्टा भरियो
शायद उनिले सोचिन
म मुख फोडु
मैले त्यही सोचे
मुख खुल्यो
लाजले हो वा
असमन्जसता वा
जरुरी नभएर
एक टक हेराइ
दुबै सँगइ टोलाई
अनी गज्जब को हासो
चोकै थर्कने गरी
देख्नेले सोचे
छी यि जोडी कती छिल्लिएका
सबै भयो
तर
आवाज निस्केन
लौन के भयो
एक्छिनको मौनता
टक टक
ढक ढक
झल्यास्स्य द्रिश्य
मिठो शुवास छर्ने फुल फक्रिन नपाउदै
तितो अतित
त्यही अतित वर्तमानमा एक नमिठो याद ।।
Comments