देश ले संबिधान पायो ।।। के भयो ?? के ख्यासियो??
एता भेट्यो उपप्रधान मन्त्री ।। उता भेट्यो उपप्रधान मन्त्री ।।
अैज तैले मलाई सहयोग गरिस ।।
तेस्को सेखी झारिस ।।
लैजा तलाई एउटा उपप्रधान मन्त्री ।।
के यो देश एउटा भाडाकुटी खेल हो ??
जसले जता मन लाग्यो जसरी चलाऊन पाउने ??
देश ले संबिधान पायो ।।। के भयो ?? के ख्यासियो ??
पढेलेखेका जती बिदेशिदै छन ।।
अनपढ, गवार अनी उत्पात मचाएका मन्त्री मन्डलमा पस्दै ।।
देश जती पछाडि जानु छ् गैसक्यो ।। अझ कती लैजाने??
पढ्ने बेलामा गोला बारुद गर्दै, मान्छे मार्दै हिंडेका
अहिले प्रथम महिला सभामुख कि खै कुन्ने के रे ।।
देशले सिक्षित टोलीलाइ बटुल्यो भनेर दिपावली मनाउने बेलामा
कहिलेसम्म एही झुलाई झुलाई हेरेर गौराबन्बित हुँदै बस्नु ??
देश ले संबिधान पायो ।। के भयो?? के ख्यासियो??
देश मा अघोशित नाकाबन्दी छ
मधेश अजसम्म पनि रुदै छ् ।।
खै त सम्बोधन गरेको ?? खै त त्याहा के भैरहेको छ बुझेको ??
केही भारतीय छिरेर उधुम मचाए रे ।। को भारतीय ?? के आधारमा भारतीय ??
अङिक्रित नागरिकता बाड्ने तिमीहरु नै हैनौ ?? अहिले के नाटक हो??
तिम्रा हातमा सेना छन, बार्ता टोली छन, सरकारी दस्ताबेज छन ।।
जे जे प्रयोग गर्नु छ गर ।। तर समस्या समाधान गर ।।
जहाँ रहे पनि हामी सबै नेपाली ।। हामी सबै मानव ।।
यो कहिलेसम्म ?? के तिनको अधिकार छैन दशै मनाउने ??
देश ले संबिधान पायो ।। के भयो ?? के ख्यासियो??
भारतबाट सामान आएन ।।
ल ठीक छ ।। तर चाइना त् जिउदै छ् नि ।।।
भएको दुइटै नाका खुल्ला छ ।। जाउ बार्ता गर ।।
सम्झौता गर ।। देश लाई चाहिएको कुरा आयात गर ।।
कस्ले रोकेको छ ?? के चाइना सँग सम्बन्ध गास्नु हुन्न भनेर लेखेको छ ???
देश ले संबिधान पायो ।। के भयो ?? के ख्यासियो??
सरकार मौन छ ।।
ए सरकारी कर्मचारी हरु,
तिमीहरु त पढेलेखेका छौ ।। हिजो बिदेश जाने तिमीहरु नै हैनौ ।।
बिदेश जादा त तछाडमाछाड गर्दै थियौ त ??
अहिले किन चुप ?? नानाभाती महासन्धिमा हस्ताक्षर गर्ने तिमी हरु हैनौ ??
नेपाल भुपरीबेस्ठिट् राष्ट्र हो किन भुल्छौ ??
यही कारण देखाइ तिमीहरु बिदेश यात्रा गरेका हैनौ ??
हस्ताक्षर गरेपछी के के फाईदा हुन्छन के हामीले सिकाउनुपर्ने तिमीहरुलाई ??
उफ्री उफ्री हस्ताक्षर गरेका ढुकुटी रित्त्याएका ए सरकारी कर्मचारीहरु
देश प्रती इमान्दार बन ।। एक पटक डलरभन्दा माथि उठेर हेर ।।
र त्यही महासन्धिमा गरेको हस्ताक्षरलाई आधार बनाइ
अन्तरराष्ट्रिय अदालतको ढोका ढकढकाउ ।।
के एती गर्न तिम्रा हातमा चुरा भरिएको छ् ??
कि हस्ताक्षर गर्दा कती भत्ता आउने हो मै थियो ध्यान ??
कि हस्ताक्षर गर्दा बुढीलाई चाइने थुन चोलिको रङ र ब्रान्डमै थियो ध्यान??
देश ले संबिधान पायो ।। के भयो ?? के ख्यासियो??
अन्तत संबिधान आयो ।।
देश ज्युका त्यु छ् ।।
फेरबदल केही छैन ।.
सरकार त्यही अनपढ हरुको हातमा छ् ।।
हामी जनता उनिहरुको कठपुतलि
उनिहरु बिन बजाउदैछन, हामी नाच्दैछौ ।।
उनिहरु नाटक मन्चन गर्दैछन, हामी वहाँ वहाँ र छि छि गर्दैछौ ।।
हामी यस देशका सोझासझा मुर्ख जनता ।। केवल मुर्ख जनता ।।
Comments