![]() |
तस्बिर गुगल बाट साभार |
आज देखेको सानो घटना यहाँ शेयर गर्न चाहन्छु ।।।।
गतिबिधी स्थल :: धुलिखेल बसपार्क , बस भित्र
समय :: सवा ३ बजे
सबैलाई थाहै भाको कुरा हो, गाडीमा तेल छैन, सबैलाई गन्तव्य पुग्नै पर्ने छ
गाडीको कमी छ, र त छतै भरी पनि मान्छे कोचाकोच छन ।।
झन आज त शुक्रबार, सबैलाई कार्यालय बाट घर फिर्किनै छ् ।।
म पनि बल्लतल्ल एक बसमा जसो तसो पसे ।। जसो तसो ड्राइभरको छेउमा बनोट माथि कोचाकोच गरी बसे ।
एक्कास्सी बसको सहायक दाजु कराउनुभयो । लौ बुढी आमालाई एउटा सिट छोडिनुपर्यो । त्यो दाई महिला सिट, अपाङ्ग सिट, ब्रिद्द सिट देखिन अन्त्यम सम्म आग्रह गर्नुभयो । कोही उठेनन ।।
म आँफै गार्हो गरी बसेता पनी लौ भएन भनेर सिट छोड्नु पर्यो भनेर जुरुक्क उठेर मभन्दा आघिको आन्टिलाइ खै छोड्नुस् त मेरो ठाउँमा उहा बस्नुहुन्छ भनेको त मलाई पो उल्टो कराउछन बा मेरो ओरिपरी मिलाएर बसेका मान्छे हरु ।।
अर्को गाडी कुरेर भएपनी आउन्छिन बुढी ।। तपाईंले उठ्न चाहे पनि हामी यहाँ बाट सर्दैनम ।। बल्ल तल्ल मिलेर ठाउँ मिलाको छम ।।
त्यो सङै मेरा अघिल्तिर बसेका दुई तीन पुरुष हरु सङै महिला सिटमा बसेकी २५-३० बर्शे महिला ज्यु पनि स्वोर मा स्वोर मिलाउनुभयो ।।
ए बा ।। अचम्म पो भयो त ।। मैले आफुले बसिरहेको ठाउँ छोड्छु भन्दा पनि पो सुख पाइन त । मैले आफु उभेर उहालै बस्न दिन्छु भन्दा मलाई पो उल्टो कराउछन त ।। कस्तो कलि हो यो ।। (धन्न म उठ्छु खै छोड्नुस् भनेर किच किच गर्दागर्दै उहालै एक जना अर्को ५०-५५ बर्शे अंकलले सिट छोडिदिनुभयो)
रोक्नुस्, एही सकेको छैन ।। रमाइलो अनी रिश उठ्ने त अब आउछ ।।
एक्छिन पछी एक्जना दिदी चढ्नुभयो ।। मेरो अघिल्तिर सिटमा बसेका मलाई केही अघी कराउने पुरुष त खुरुक्क उठेर सिट पो छोड्छन त बा ।।
अब प्रश्न यहाँनिर छ कि के ति बुढी आमाको अधिकार होइन र महिला वा ब्रिद्दा सिटमा बस्न पाउनु ?? अझ उहा त अस्पताल जानलाग्नु भएको थियो । के यही हो अहिलेको कलि जहाँ आफुले नपाउदा रडाको गर्ने अनी अरुको अधिकारको बेवास्ता गर्ने ??
के यही हो मानवता ??
Comments