शनिबारको दिन, बिदाको दिन। बिहान उठे, भित्तेघडी हेरे। लौन घडीले त १० पो हानेछ। छतमा जान्छु,पत्रिकाको पाना पल्टाउछु। जहितही बन्द, हद्ताल अनी अस्थिरता भएको पढ्छु। अनी मनभित्र बाट आँशु झरेको आभाश गर्छु। बजार घुम्न निस्कन्छु। ए! आज त बन्द पो रहेछ। पढाईको चापले भुशुक्कै बिर्शेछु। खुल्ला आकाश, शान्त अनी प्रदुशन बिहिन सडक। आहा! दिन कति रमाइलो। खुट्टाले केही दुरी नाप्दै अघि बद्छु। जताततै हल्लिखल्ली सुन्छु। एम्बुलेन्सको तोड्फोड देख्छु। सडकमा सुत्केरीको चिच्याहट सुन्छु। कालोपत्रे बाटो रगतपत्रे भएको देख्छु। पानिको सट्टा इट्टाको बर्षा देख्छु। डरले खुट्टा कमाउदै सुट्टुक्क कुनातिर भाग्छु। सडकभरी इट्टाको थुप्रो। आकाशभरी अश्रुग्यासको मुश्लो। ओरपर सबै पशल बन्द। खैरेहरु गन्तब्य कसरी पुग्ने सोच्नमा नै बेस्त। चारैतिर नारा लगाउदैछन बिभिन्न पार्टिका युवा दस्ता। सबै द्रिश्य नियाली घर फर्कन्छु। एही देशको नागरिक भएकोले लज्जा महसुस गर्छु। अनी गहिरो सोचमा दुब्छु। के यो देश सधैं यस्तै नै रहला ????? के यो देश सधैं यस्तै नै रहला ????? के यो देश सधैं यस्तै नै रहला ?????
Opinion on diverse socio-political issues