Skip to main content

Posts

Showing posts from March, 2011

यहाँ

यहाँ, मुहान छ धारा छैन धारा छ पानी छैन बाटो छ गाडी छैन गाडी छ इन्धन छैन जलबिध्हुत छ पोल छैन पोल छ बत्ति छैन सम्भावना छ श्रोतसाधन छैन श्रोत छ सुरक्षा छैन जग्गा छ उब्जनी छैन उब्जनी छ बजारभाउ छैन जोश छ शक्ति छैन शक्ति हुने देशमा छैनन।।

यो कस्तो समाज ??

एउटी बिधवा नारिको सिन्दुर पुछी नसक्दै आसँकाको दृष्‍टिले हेर्ने यो कस्तो समाज ?? एउटी अवला नारीको इज्जतमा हातपात हुँदा प्रतिकार गर्न नतम्सने यो कस्तो समाज ?? टोलछिमेकमा मारकाट भईरहदा पर्दा उघारेर अन्धो बनी बस्न सक्ने यो कस्तो समाज ?? मनोरन्जन भन्दै लाखौं उडाउनेले रोगले ग्रस्त हुँनेलाई सहयोग गर्न हिच्किचाउने यो कस्तो समाज ??