Skip to main content

Posts

Showing posts from January, 2011

देश हाक्ने मै हो नि

अन्धकारमय भये के भयो त आँखै नदेख्ने त छैनौ नि गाडी नपुगे के भयो त खुट्टै नभाको त हैन नि सफा पानी नभये के भो त तिर्ख नमेटिएको हैन नि गरीब कहलिये के भो त भोकभोकै मरेको त छैनौ नि हैजाको महमारी भये के भो त सबै थालिएको त छैनौ नि महंगी बढे के भो त साग र सिस्नु पाये भैगो नि सुखसयल नपाए के भो त जिन्दगीको गुजारा चले भैगो नि गतिला स्कुल नदेखे के भो त सरकारी नखोलिएको हैन नि तिमीहरुले धेर कराएर के भो त आखिरमा देश हाक्ने मै हो नि ।।

तिमी, म र बिस्वासघात- २

दुई चार दिन अन्ताइ बेस्त भईयो चाहदा चाहदै पनि तिमीलाई भेट्न पाइएन एकान्तमा पनि सुन्दर भबिस्य सजाउन छाडियेन बल्लतल्ल समय मिलाई हातमा सिन्दुर अनी साथमा घरको स्विक्रिती तिम्रो अघी लेराएथे हातमा हात राखी घर भित्र्याउने सोचेथे शायद तिम्रो घरअको बातावरण बिग्रेछ राडिले पेट बोकी भन्ने खस्याकखुसुक् चलेछ सव्दको चटारो तिमीले सुन्न सकिनौ भन्नेको मुख थुन्न पनि भ्याइनौ तेसैले, दुइचार दिनको हराइलाई गलत अर्थ लगाइछ्यौ हाम्रो गल्तिको सजाये एक्लै बोक्ने निर्णय गरिछ्यौ स्थिती बाट उम्कन भयन्कर निर्णय लीइछौ अकालमै आफ्नो प्रान त्याग गरिछौ एक चिट्ठी लेख्दै संसारबाट मुक्ती तिमीले पायौ आफ्नो प्राण त्याग्दै यो अभागीलाई बिश्वासघाती तुल्यायौ

तिमी, म र बिस्वासघात- १

जिन्दगीको कुनै मोडमा तिमीलाई मन पराइयो साथीहरुको लहलहैमा प्रेमपत्र पनि थमाइयो प्रेमपत्रको उत्तर त सजिलै पाइयो कल्पनै नगरेको सव्द हुन्छ पो खाइयो अनी त्यस्पछी त के अरु के पो चाहियो सपनैसपनाको शहर घुम्न थालियो सुन्दर भबिस्य सजाइ रङरोगन गर्न थालियो बाईक अनी त्यसमाथि सवार तिमी र म सकेसम्म खल्ड्याङखुल्डुङ खोज्दै कुदाइयो काठमाडौंको हर गल्ली देखिये र सुनेजतिका डाडा पार्क सबै चाहार्न भ्याइयो समयको कटाइसङै छडापन बढ्न थाल्यो जोशमा होश गुमाउदा खराब नतिजा पाइयो बध्ता छड्यौलिले बाउ पो हुने भैईयो स्वास्थ्य केन्द्र धाउनलाई कुनै छाडियेन खोजेजस्तो जवाफ कतैबाट पाइएन अत्तालियौ तिमी , डराये म टाउको माथि हात राखी सोचियो "लौन यो के भूल भयो "