Skip to main content

Posts

Showing posts from July, 2011

नेताको खोजी

नेतै नेता भएको देशमा नेता खोज्दै छु म जस्ले १ करोडको खाट रोज्दैन रोजगारमा नातागोता छान्दैन खानपिनमा भोकानाङा छुटौदैन सवारीमा स्किर्टिङ  रोज्दैन बजेटमा बिपन्नलाई समेट्न भुल्दैन देश बिकासमा हिच्किचाउदैन नियम मिचुवालाई कारवाही गर्न डरौदैन देश अघी परिवार भन्दैन भ्रस्टाचारलाई थुक्न लाज मान्दैन कर्णाली नगै बिदेश भ्रमन गर्दैन दौरा सुरुवाल लगाउन पछी पर्दैन

अहिले नगरे कहीले ?? हामिले नगरे कस्ले ??

http://www.facebook.com/event.php?eid=227811640582722 कति त्यहि बुढा, चुतीया ६०१ कलाकारहरुको कला लाई कमेन्ट गर्दै बस्नुहुन्छ। अब आउनुस् हात् मिलाउनुस् र देशमा चलिरहेको नाटकलाई आफ्नै ढंगले प्रस्तुत गर्नुहोस्। समय तपाइ हामिहरुकै हो। अब पनि केही नगरे कहीले गर्ने, कस्ले गर्ने ?? सोच्नुस् । के तपाईं आफ्ना सन्ततीलाई पनि आफूले पाये जत्तिकै दु:ख दिन चाहनुहुन्छ । यदि चहनुहुन्न भने पक्कै पनि हात् मिलाउनु हुनेछ भन्ने आशा राखेको छु। यदि सधैं यस्तै चलिरहोस भन्ने चाहनुहुन्छ भने कृपया जानुस् र नेपालको नागरिक भनेर आफूलाई चिनाउन छडिदिनुस।

एकफेर केही भिन्दै सोच्ने की

कुरो हो फेसबूक आन्दोलनको- खुशिको कुरो छ बिभिन्न पेशाको, बिभिन्न जातजाती अनी बिभिन्न क्षेत्रमा पाइला हाल्दै गर्नुभएका देखि सफलता प्राप्त गरिसक्नुभएका ब्यक्तिलाई एकै ठाउमा देख्न पाइएको छ, जान्ने बुझ्ने अनी सिक्ने सिकाउने मौका पाइएको छ। सबको सोच भिन्दाभिन्दै छन,काम गर्ने तरिका अनी ब्यक्त गर्ने शैली भिन्नभिन्नै छन। यहाँ फे सबूक सन्जालमा लगभग सबै युवाहरु देशको स्थितिबाट बिरक्त भैसक्नु भएको छ र रमाइलो गर्ने समयमा देशको लागि मरिमेट्ने कसम खानुभएको छ। अझ मुख्यत सम्पुर्ण युवाको भनाइ एक छ " हे नेताहरु, तिमीहरुको चालले केही होला जस्तो देखिदैन, अब की हामिलाई ठाउ देउ की आफ्नो कदम घरबाट छोडेर देशको लागि अगाडि बढाउ" यसो पो सोच्ने की- हामि सधैं देश नेताले बिगारे भनेर आफू साधु (चोखो ) बन्ने गर्छौ। नेताहरु भ्रस्ट भएर देश यस्तो भएको भन्छौ तर यहाँनेर मेरो प्रश्न " के हामीले कहीले आफूलाई नियालेर हेरेका छौ??" यहानेर यस्ता कयौ प्रश्नहरु छन् जुन मेरो बुझाइमा अरुलाई सत्तोसराप, गालीगलौज गर्नेभन्दा पहिला आफूलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। केही उदाहरण : - के हामीले कहीले चकलेट, चाउचाउ, आ