Skip to main content

Posts

Showing posts from December, 2011

आइ डोन्ट माइन्ड इट

मलाई कुनै गुनासो छैन उनिप्रती किनभने मेरी त न पैले थीन न भोली हुनेछिन बरु सकिन्छ भने थाहा पाउन मन छ कोसको घरमा पो पुग्नेछिन नडराउ नडराउ आउन्न म तिम्रो विवाहमा जान्न चाहन्छौ किन ? किनभने तेसबखत हुनेछु तिम्रो साथमा अब त झन डराउदै नडराउ भनेको छैन मैले हुन्छु फेरा लिदै भनेर केवल भनेको छु बसेको हुन्छु तिम्रो मनमा पक्कै पनि तिम्ले यो सब पढ्दैछ्यौ अवस्यपनी गम्भिर भएर सोच्नेछ्यौ शायद धेरै अर्थ पनि निकाल्दैछ्यौ सोच्दै होलाउ के गरी पन्छाउ एसलाई बढी गरे गर्नेछ्यौ डिलिट ओके डियर आइ डोन्ट माइन्ड इट।

उनकै सम्झना

एस्सो सिरक ओढ्यो  हात जान्छ छेउतिर  अझै पनि कतै अाइहाल्छिनकी भनी  गाला सुम्सुम्याउछिन कि भनी  सुरिलो भाकामा गुनगुन्याउछिन कि भनी  बिर्सेंछु उनी त गैसकिन  दुई शरीरको माया मारेर  बाचा बन्धन सबै तोडेर  यो संसारलाई छाडेर दु:ख के मनाउनु खै भाग्यको खेला एस्तै रहिछ  आज कि भोली मेरोनि दिन आउनेछ म आउनेछु त्यहा चाडैनै  हपकाउनेछु तिमीलाई धेरैनै  अनी फेरी खेलम्ला हाम्रो मध्यरातको खेला  अहिलेलाई थामी राख्नु है आशुको भेला।

प्रेम प्रस्ताब

तिम्रो ओठमा देखिने मन्दमुस्कान अनी हासो देख्दा लाग्छ बसन्त रितुको आगमन भएको छ चारैतिर हरियाली अनी रङिचङी फुलहरुले ढकमक्क ढाकिएका छन चराचरुङी हरु चिर्बिर्चिर्बिर गर्दै गुङुनाउदै छन डाँफे र मयुर आफ्नो पंख फिजाउदै नाचिरहेका छन कोयलहरु कुकु कुकु गर्दै काफल पाकेको संकेत दिदै छन मानौ तिम्रो एक मुस्कानले चारैतिर खुशीयालिको बहारसङै सुशेली बजाउदै बगिरहेको खोलाबाट निस्केको झरनासङै इन्द्रेनी बनीरहेका छन।। ओहो साच्चै कती मनमोहक छ यि द्रिश्यहरु, ।। जती हेरिरहे पनि कहिले चित्त नबुझ्ने, तिम्रा ति मुस्कान जस्तै ।। तर जब तिम्रो ओठमा ठुस्सपना आउछ अनी अनुहारमा रिशाको झझल्को आउछ एस्तो लाग्छ कि मानौ कुनै भयानक सपना देखिरहेको छु आधी तुफान आउँदै छ र सम्पूर्ण बस्ती तहसनहस पार्नेछ आकाशमा कालो बादल मडारिदै छ र संकेत दिदै छ त केवल सत्यानास र बिधोंशको तेसैले म भन्छु मेरी प्रिय तिमी सधैं एस्तै गरी हासिदेउ, फुलिदेउ, ओठमा मुस्कान छरिदेउ , कोयलका आवाजझै गुङुनाइदेउ, अनी दाफेको नाचसङै नाच्दै मेरो जीवनमा अाइ   यो उजाड जीवनलाई एउटा मार्ग देखाइदेउ, रुपरेखा बदलिदेउ यो उजाड जीवनलाई स्वर्गको बगैचा

फेसबुकले पारीदेको लभ

फेसबुकको भित्तो देखी सुरु भएको हाम्रो कुरो मनको कुना भित्र पुगिसकेछ स्काइेप र फोन कल त अहिले शरीरमा तरङ फैलाउने माध्यम बनिसकेछ हाइ के छ बाट सुरु भएको अहिले एज अ फ्रेन आइ लभ यू भैसकेछ।। सोधी हेर्दा कतै मिस त गरिनौ गर्दिन भन्दाभन्दै प्रेम झन झाङिदै गैसकेछ कैलेकाही सबै कुरा ब्यक्त गर्न नसक्दा डर लाग्छ कतै यो एक्लौटी पो बन्दैछ।। एक्दिन त्यो सुन्दर आवाज कानमा नगुन्जियोस भित्रभित्रै आगोको ज्वालामुखी उर्लिन थाल्दछ कतै त्यो आवाजमा बेदना सुनुन भित्रभित्रै पस्चातापले डाँको पिटिसकेको हुन्छ कतै त्यो हस्मुख अनुहारमा मुस्कान छुटोस एता तडपले आशुको भेल बगाइसकेको हुन्छ।।   अन्तमा तिम्रो लागि आकाशको तारा टिपिदिन्छु एउटा महासागर नै तैरिदिन्छु जस्ता गफ त दिन्न आउँदैन आउछ त केवल सुनाउन मनका बेदना पोख्न शब्दमा कैलै नसकिने भावना अनी भन्न सधैं राखिरहनेछु यो मनमा।।

आउ मिलौ

देशमा निराशा धेरै छायो लौन देखाइदिम न नेताको मात्र हैन देश जनताको पनि हो भनेर भन्नेले मन्डले भन्लान तेतिले के बिग्रन्छ र बरु हामीले उपनाम पाउनाले देश सप्रन्छ पैला नगरेका हैनौ समय समयमा उपस्थिती जनाएकै  हौ पैला आउथे पोलिस फोर्स र आर्मी फोर्स अहिले पार्टीको झन्डा बोक्ने खाते उभेका छन के डराउनु छ र वीर गोर्खालिको पहिचान पो छ त।। लौन निरासा धेरै छायो आउ अघी बढौ आज मिले जस्तै सधैं मिलौ जातपात रुपरङ नभनी देशको उन्नतिपथमा सहयोग गरौ यो कम्प्युटरको भित्तो मात्र नभरौ मैदानमा उपस्थिती देखावौ त्यो डलर खाने संस्था नथपौ भएकोमै मिलेर काम गरौ अर्काको मुख मात्र हैन आफ्नो खुट्टा देश को लागि अघी पारौ आउ हात समातौ अनी पाइला अघी बढावौ ।।

चिन्ता नलिम होला

चिन्ता नलिम होला। यहाँ एस्तै रहिछ भनी चित्त बुझाम होला कोसैले भन्थे सतिले सरापेर एस्तो भाको त्यो त केवल एउटा बहाना मात्र होला आफ्नो कायरपन बाट भाग्नलाइ आफ्नो जिम्मेवारिदेखी पंक्षिनलाई दोश उनिहरुलाई मात्र नदिम होला हेर्नुस कम्प्युटरभरी के लेखेका छन कतिले आक्रोश पोखेका छन राम्रो भन्ने कोही छैनन तर पनि देश उनिहारुकै हातमै छ एक पटक मनन गरौ होला के हामी नोर्दोश छौ त?? प्रयास गर्दै छौ, तर के एतिले पुगेको छ त ? अब धेरै नघोरिवौ होला जवाफ स्पस्ट छ अह पुगेको छैन हाम्रो प्रयास कम्प्युटरको भित्तोले पुगेको छैन गाउँ गाउँ को मान्छेले बरु बुझिसके होलान तर हामीले बुझ्न सकेका छैनौ अह फिट्टिकै छैनौ बुझ्न पनि किन पर्‍यो के नै पो खाचो परेको छ र खान लाउन पुगेकै छ उस्तै परे वाक्क लागे बिदेश लाग्दिन्छौ के छ र हाम्लाई धेरै सजिलो भाको छदै छ्   तेसैले धेरै चिन्ता नलिम होला आफ्नो दिमागको नशा नतन्काम होला देश जहाँ गएपनी हामी कही जाने छैनौ हाम्रो भबिस्य सुनिस्चित छदै छ् देशमा नभये एन एर एन र पि आर भन्दै बिदेशमा त पक्कै सुनिस्चित छ

सच्चा नागरिक

तिमी यो देशको नागरिक होउ भने जाउ नारिको अस्मितामाथि टान्डप न्रीत्य गर एउटा इमान्दार कर्मचारीको चिरहरन गर चेलीबेटी बेचबिखनको नाइेके बन जातपातको नाममा हिंशा मच्चाउ कलीला युवालाई लागुपदार्थको नशामा डुबाउ   पढ्ने ठाउलाई जुवाको थलो बनाउ बिध्यालय को कुर्सिलाई आगोको मुश्लो बनाउ हस्पिटललाई राजनीतिको प्रयोगशाला बनाउ   कुनै पनि सडकमा टायर बाल्न नछोड देशको झन्डालाई फोहोर थाप्ने टालो बनाइ कुनै पनि एक पार्टीको झन्डालाई सलाम गर अनी बल्ल बन्नेछौ तिमी यो देशको सच्चा नागरिक अनी बल्ल हुनेछौ तिमी यो देशको महान सपुत

राता बुद्ध:

शान्तिका प्रतिक,एसियाका ज्योति गौतम बुद्द कस्ता देखिन्छन ? शान्त,सुसिल.उज्यालो बलिरहेको अनुहार,सधै शान्तिको पक्ष लिइरहने एक सच्चा शान्ति गुरु ..तर मैले देख्ने,बुझ्ने थोरै फरक छन l तपाइले देख्ने बुद्ध सेता हुनेगर्छन् पुरै सेता l मेरा बुद्ध भने राता छन ,पुरै राता .तपाइले देखे,सुनेका बुद्धले हरेक रंग परावार्नत गर्न सक्छन,किनकी उनि सेता छन् l तर मेरा बुद्द अलिकति लाचार ठहरीए अरु परावर्तन गर्न सक्छन तर रातो अह, कहिल्लै परावर्तन गर्दैनन् l उनि रातो आफैले सोसेर लिन्छन l मेरा बुद्द पुरै शान्त छैनन् उनि ज्वाला जस्तै राता छन् ,मेरा बुद्ध १ थप्पड हाने अर्को थप्पड थाप्छन तर लगातार हानिरहे,मुक्का बझाउन बेर पनि लगाउँदैनन,हजुर मैले छामेका बुद्दको अनुहार बलेको हुदैनन्,l तपाइले सुनेका बुद्ध रुख मुनि बसेर ज्ञान-गुनका कुरा गर्छन होला तर उनि त क्रान्तिकारी अभिबादन पो गरेका देखिन्छन,मुठ्ठी नपारेरै किन नहोस उनको मुहारको ज्योति ज्ञानले मात्र नभई ज्योरोले थलीएको हुन्छ ,,अनि राता देखिन्छन l मित्र अब तोरीको फुल,मेरा बुद्ध पुरा क्रान्तिकारी छन,हजुर उनि जन्मदै क्रान्तिकारी ..अरु चुपचाप सुत्थे तर उनि सुतेनन ,उनि