Skip to main content

Posts

Showing posts from March, 2012

होली

हजुरबा :: त के एस्ता नाथे होलिको धाक लाउछस। होली त हामी खेल्थेम। सबै परिवार एकै ठाममा भेला हुन्थेम अनी रमाइलो गर्थेम। यो नाथे बेलुन भनेको त केही प्रयोग गर्थेनम खाली सुद्द रङ र पानी अनी सपरिवारका साथ सद्भाब बढाउथेम। म :: होली त हाम्रो पो रमाइलो त। ल हेर्नुस चट्ट समुह बनायो अनी निस्कियो शहर बजार तिर। तरुनी देखेमा त झन आनन्द, ताकेर बेलुन हान्न जतिको मज्ज तपाईंहरुको पालामा हुन्थ्यो ? अझ मुखभरी आफुलाई मन परेको जस्तो आक्रिती बनाउने हो, प्लास्टिकमा फोहोर पानी भर्ने हो अनी छतछतमा ताकेर हान्ने हो। जसलाई लागेनी बाल हाम्लाई। कस्ले हान्यो चिन्ने हैन क्यारे। आउने पुषता :: ह्या यि बा र हजुरबा पनि के आफ्नो बोरिङ्ग लाग्दो होलिको कथा सुनाइरहेको होला। ल हेर्नुस त्यहा सिसामा होली त्यस्तो हुन्छ। यि यो चै रेमोट अनी एसले रङ छान्ने यसले कसलाई हान्न मन लाग्छ ताक्ने अनी यसले बजाइदिने। लौ लागेन शिट!!!! लौ तपाईंहरु पनि ट्राइ गर्नुस लागिहाल्छ कि।। शायद तेसपछिकोले चै सोध्लान :: हैन यो होली भनेको के हो ??

फोटो कान्ड :: दोशी को ??

प्रसँग हो पछील्लो हप्ता को एक घटना जुन नेपाली फिल्मी ईतिहासमा तहल्का मच्चाउन सफल चलचित्र लुटको ५१ दिने कार्यक्रममा घट्न पुगेको थियो। घटना लाई तपाईंले माथिको भिडियोमा हेर्न सक्नुहुन्छ। न त म पत्रकार न त म कलाकार तर अहिले चै मलाई यो भिडियो हेरेपछी केही लेख्न मन लागेर लेख्न लागेको छु। कोसैसँग प्रभावित नभैकन लेखेको यो लेख मेरो नितान्त ब्यक्तिगत धारणा हो। १: पत्रकार बन्धु पत्रकार हुन भन्ने कुनै सन्केत देखिदैन। अब को को मान्छेले अनुहार नजिकै लागेर फोटो खिच्न आउछ भने रिश उठ्नु स्वभाबिक हो। २: पत्रकार बन्धुको ति कलाकारहरुसँग बोल्ने तरिका त्यही हो। ति कलाकर्मिले फोटो नखिच्नुस भनेर आग्रह गर्दा झन किन उफ्री उफ्री खिच्न जानुपर्ने हो। ति कलाकर्मिले चै सार्वजनिक ठाउमा आएर अनी मेरो फोटो नखिच्नुस् कसरी भन्न सकेको हो। ति कलाकारहरुलाई हरेक पत्रीकामा पनि उनिहरुकै फोटो आउनु पर्ने हुन्छ अनी फेरी कोसैले फोटो खिच्न आउँदा नखिच्नुस् रे अझ।। यो सुन्दा ति उम्रदो बैस देखेर बोकापन देखाउने पत्रकार बन्धु भन्दा बढी दोश त म ति कलाकारहरुमा देख्छु जो फोटोको भोगी त हुन्छन तर फोटो चै उनिहरुले भनेको समयमा खिचेको हु