Skip to main content

Posts

Showing posts from February, 2014

Alternative to Energy Crisis: CFL or LED light "Choice is Yours"

उर्जा संकटको विकल्प स् सि. एफ. एल चिम वा लेड  चिम ?? रोजाई तपाईको मनिष थापा   विगत केही वर्षदेखिन देशमा विद्युतको अभाव हुदै आइरहेको छ । जनसंख्या वृद्धि, विलासिनताको लालसा तथा दैनिक बढ्दै गैरहेको झीलिमिलि बत्ति तथा विद्यतिय उपकरणको प्रयोग जस्ता  केही कारणहरु हुन जसले गर्दा वर्षेनी विद्यत खपतको मात्रा बढ्दै गैरहेको छ ।  अर्कोतर्फ  जलस्रोतको धनि देश भैकनपनि विद्युतिय उर्जा उत्पादन गर्न नसक्नु देशको मुख्य कमजोरी रहदै आइरहेको छ । जुन रुपमन वर्षेनी विद्युतको माग भैरहेको छ त्यही मात्रामा विद्युतको उत्पादन भने हुन सकेको छैन । फलत जनताले दैनिक रुपमा १६ घण्टासम्म लोडसेडिङको मार खेप्नु परिरहेको छ । यस लोडसेडिङको समस्याले देशलाई प्रगतिको बाटोतर्पm लम्कनुको सट्टा ढुङ्गेयुगमा धकेलिरहेको आभाष दिलाउने गरेको छ । पछिल्ला दिनहरुमा लोडसेडिङको समस्या कम गराउन सरकारको तर्फबाट  पहल नभएको भने होइन । केही उदाहरणहरु जस्तै विद्युत चोरीमाथी नियन्त्रण, वैकल्पिक उर्जाको प्रर्वद्धन, साना तथा मझौला जलविद्युत आयोजनाको विस्तार तथा विद्युत कम खपत गर्र्ने सि एफ एल चिमको प्रर्वद्धन जोडदार रुपमा हुदै आइरह