Skip to main content

Alternative to Energy Crisis: CFL or LED light "Choice is Yours"



उर्जा संकटको विकल्प स् सि. एफ. एल चिम वा लेड  चिम ??
रोजाई तपाईको
मनिष थापा

 
विगत केही वर्षदेखिन देशमा विद्युतको अभाव हुदै आइरहेको छ । जनसंख्या वृद्धि, विलासिनताको लालसा तथा दैनिक बढ्दै गैरहेको झीलिमिलि बत्ति तथा विद्यतिय उपकरणको प्रयोग जस्ता  केही कारणहरु हुन जसले गर्दा वर्षेनी विद्यत खपतको मात्रा बढ्दै गैरहेको छ ।  अर्कोतर्फ  जलस्रोतको धनि देश भैकनपनि विद्युतिय उर्जा उत्पादन गर्न नसक्नु देशको मुख्य कमजोरी रहदै आइरहेको छ । जुन रुपमन वर्षेनी विद्युतको माग भैरहेको छ त्यही मात्रामा विद्युतको उत्पादन भने हुन सकेको छैन । फलत जनताले दैनिक रुपमा १६ घण्टासम्म लोडसेडिङको मार खेप्नु परिरहेको छ । यस लोडसेडिङको समस्याले देशलाई प्रगतिको बाटोतर्पm लम्कनुको सट्टा ढुङ्गेयुगमा धकेलिरहेको आभाष दिलाउने गरेको छ ।
पछिल्ला दिनहरुमा लोडसेडिङको समस्या कम गराउन सरकारको तर्फबाट  पहल नभएको भने होइन । केही उदाहरणहरु जस्तै विद्युत चोरीमाथी नियन्त्रण, वैकल्पिक उर्जाको प्रर्वद्धन, साना तथा मझौला जलविद्युत आयोजनाको विस्तार तथा विद्युत कम खपत गर्र्ने सि एफ एल चिमको प्रर्वद्धन जोडदार रुपमा हुदै आइरहेको छ ।

सि एफ एल चिम के हो ?


सि एफ एल बिजुलि कम खपत गर्ने एक प्रकारको चिम हो । यो अहिलेको देशको स्थितिलाई मध्यनजर गर्ने हो भने अत्यन्त अवास्यक वस्तु हो । तर दुखको कुरा यसमा मर्करिको प्रयोग गर्ने पाइएको छ । वर्तमान स्थितिमा सि एपÞm एल चिमले उर्जा संकटलाई कम गर्ने पक्षमा सम्पुर्णको ध्यान गएकोले यसको आक्रामक रुपमा प्रवर्दन हुदै आइरहेको छ । तर यसमा पाइने मर्करिले वातावरण तथा जनस्वास्थ्यमा पर्ने असर र प्रयोगपस्चात यसको वातावरण मैत्रि तरिकाले व्यवस्थापन गरिनुपर्ने तपÞर्m कुनै निकायको ध्यान ग​एको पाइदैन ।
मर्करि एउटा गर्हुङो धातु हो । यो यकपटक हावा, पानि तथा माटोमा मिसिसकेपछि धेरै समयसम्म एक अवस्थाबाट अर्काेमा परिणत भै वातावरणलाई लामो समयसम्म प्रदुषित गरिराख्दछ । विश्व स्वास्थ्य सङठनअनुसार मर्करिले स्नायु प्रनालि, पाचन प्रनालि, स्वास प्रस्वास प्रनालि लगायतका मृगौला तथा पÞmोक्सोमा असर पुर्याउदछ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुका साथै वालवालिकाको बौद्धिक एवं शारिरिक विकासमा समेत असर गर्दछ ।
पछिल्ला दिनमा सरकारबाट मर्करियुक्त उपकरणको आयात, उत्पादन तथा प्रयोगमा बन्देज लगाउने निर्णय स्वागत योग्य रहेको छ । यस निर्णयलाई आधार मान्ने हो भनेपनि मर्करि निकैनै प्राणघातक वस्तु रहेकोलेनै सरकार यस्ता बाध्यात्मक कानुन ल्याउन अग्रसर भएको पाइन्छ ।

सि एफ एल चिम मा गरिएको अध्ययन
सन २०११ मा जनस्वास्थ्य तथा वातावरण प्रवर्दन केन्द्रद्वारा नेपाली बजारमा पाइने बिभिन्न ब्रान्ड तथा क्षमतामा सि एफ एल चिममा गरिएको अध्ययनमा मर्करिको मात्रा अत्यधिक पाइएको थियो  । अध्ययन परिनाम अनुसार मर्करिको मात्रा १ mन देखिन ५.२९ mन सम्म रहेको थियो भने औषत मात्रा ३.०५ mन थियो । अध्ययन अनुसार ८० प्रतिशत नमुनामा युरोपियन मापदन्ड २.५ mनर सि एफ एल भन्दा उच्च मात्रामा मर्करि रहेको पाइयो । अध्ययनमा संलग्न नमुनामा सरकारद्वारा प्रवद्र्धन गरिएको चिममा समेत अत्यधिक मात्रामा मर्करि रहेको पाइयो ।

सि एफ एल चिमको विकल्प के त ?

वर्तमान अवस्थामा सि एफ एल चिमको विकल्पको रुपमा वातावरण तथा जनस्वास्थ्यको दृष्टिकोणबाट लाभदायक लेड चिम  पाइएको छ । लेड  चिम   प्रयोग गर्नाले हुने फाइदाहरु  यस प्रकार छन
१ यसले सि एफ एल को तुलनामा ६० देखिन ८० प्रतिशत सम्म उर्जा खपत कम गर्दछ ।
२ यसमा मर्करि जस्ता स्वास्थ्यलाई असर गर्ने कुनै पनि प्रकारको रसायनको प्रयोग नहुने भएकोले जनस्वास्थ्य तथा वातावरणिय दृस्टिकोणबाट समेत राम्रो मानिएको छ ।
३ यसको मुल्य सस्तो हुने तथा आयु पनि अन्य चिमभन्दा ज्यादा रहने भ​एकोले प्रभावकारि मानिन्छ ।

अब सोच्ने बेला भ​एको छ, दैनिक रुपमा नयाँ नयाँ उपकरणहरुको सिर्जना हुदै गैरहेको बेलामा हामीले पानि उर्जा संकटलाइ नाम दिएर वातावरण तथा जनस्वास्थ्यलाई वेवास्ता गर्दै सि एफ एल चिमको प्रवद्र्धन गर्नुको सट्टा यसभन्दा अझ परिस्कृत तथा फाइदाकारी लेड चिमको आक्रमक प्रवद्र्धन गर्नेतिर पो ध्यान दिने हो कि ।





Comments

Popular posts from this blog

life goes on......

I fall in love . i fall in love wid you. Strange but true, i am still in love wid you. But life goes on. I get used to live without you By my side i dont want to live alone. But life goes on. I wake up mid night seeing you wid someone else Reality and truthness should stop following me Coz it hurts me a lot But life goes on. Come on girl i have not suffered enough My Heart still beat and i am still breathing With lots of pain and pain and pain But life goes on. I dont know why unreaveling thaughts arrives Nomatter it may be in dream want to be with you For one more time............ But life goes on thinking about you and only you............ .

CYSU को उल्लेखपुर्न योगदान

डा. के. सि. ले बरीस्ठता, योग्यता र क्षमताको आधारमा शिक्षण अस्पतालमा डिन नियुक्त हुनु पर्छ भन्दै अनसन सुरु गरेको हामीलाई ध्यानाकर्षण भए लगत्तै “उुठ युवा, जाग अब अभियान (Come on Youth, Stand Up group, CYSU)” ले हेलो सरकारको टेलिफोन नम्बर ११११ मा टेलिफोन गर्न हाम्रा सदस्य साथीहरुलाई आह्वाण गरेका थियौ । तेस्तै हेलो सरकारको ईमेल (1111@opmcm.gov.np) मा पनि मुख्य सचिब श्री लीलामणी पौडेल ज्युलाई सम्बोधन गर्दै सम्बन्धित मुद्दामा रहेर पत्रहरू पठाउन हाम्रा समग्र १०००० साथीहरूलाई अनुरोध गरेका थियौ। हाम्रो योजना अनुसार र सचिबज्यू बाट प्राप्त जानकारि अनुसार हजारौंको संख्यामा पत्रहरू उहाँको म पुगेको थियो। डा. के. सि. ले उठाउनु भएको जायज मागलाई अन्तत्वोगोत्व नेपाल सरकारले सम्बोधन गर्नु नै पर्‍यो । यो जित डा. के. सि. लगायत सम्पूर्ण न्याय र सत्य प्रेमी नेपालीको जित हो । यो जित परिवर्तनकामि नेपाली युवाहरुको हो जो सिस्टम सफा देख्न चाहन्छन्, सिस्टम सफा राख्न चाहन्छन । आज त्रि.वि. शिक्षण अस्पताल परिसरमा देखिएको भिड अन्त्य हैन, सुरुवात हो, परिवर्तनको समवाहक हो । हामी चाहन्छौ देश भरका सम्पूर्ण सार्वजनिक...

Free Online Learning Sites

Here are some of the sites where you will get 1000s of the courses for free. Some of them requires payment for verified certificate whereas some provide them for free. At the end of the day, certificate is not what matter but the knowledge is.  Note: You can put your cursor on the Site Name and click to open the Site  1)  Khan Academy 2) MIT Open Courseware 3) Open Learning Initiative 4) Stanford on ITUNES U 5) edX 6) Coursera 7)  Udemy 8)  Connections Academy 9)  K12 10) Open Culture 11) Open Yale Courses 12) Notre Dame Open Courseware 13) Udacity 14) University of the People 15)  Alison 17)  GCF...