Skip to main content

Posts

Showing posts from December, 2010

म फुच्चे

म फुच्चे जिउ थियो सार्है पातलो त्यहि पनि छाडिन्थेन लाउन धाक। यस्तै उस्तै परिहाले कहिलेकाही बजारिन्थ्यो नाक।। स्कुल त कहीले नै गइन्थ्यो र बरु गइन्थियो मनोहरामा खेल्न पौडी। घडीले ४ हानेको मेसो पाउनासाथ पुगिन्थियो घर दौडिदौडी ।। परिक्षामा के नै पो आफै लेखिन्थ्यो र मिलेसम्म सारिन्थ्यो खुरुखुरु । नतिजा जबजब आउन्थियो घरमा सुरुवालमै तुर्क्यैन्थियो तुरुतुरु ।। बाल्यकाल त थियो तेस्तै सधैं चकचक गर्दैमा समय कट्थियो । खेल्ने मामलामा त कस्ले पो मलाई भ्यौथियो।। हेर्दाहेर्दै समय कति चाडै बितिसकेछ। म फुच्चे लाई नसोचेको कुखुरे बैस लागीसकेछ।। चङ्गाको सिजनमा कतिको लट्टाइ लुटियो लुटियो । चैट भाको चङ्गा समात्न जादा कतिचोटी सिस्नो पनि चाखियो।। साइकल सिक्न खोज्दा मन नपरेकालाई कति ठोकियो ठोकियो। हिरो बनी ओरालो झार्दा एकपटक गाडीमै लागेर जोतियो ।। गुच्चा र रबरको खेलमा सधैं भैन्थ्यो झेल्ली नम्बर १ । घरमा बाले थाहा नपाउनेगरी कहिलेकाही लगाइन्थ्यो एक्दुइ पेग ।। केही काम बिगार्दा खुसुक्क कुलेलामा ठोकिन्थ्यो । जतिनै जिउमा निलडाम किन नहोस गल्ती त पटक पटक दोहोरिन्थ्यो।। हेर्दाहेर्दै बर्षले १६ पनि पुगिसकेछु। केटीसँग बोल