Skip to main content

Posts

Showing posts from October, 2011

बिबाद

बिबाद बिबाद! बिबाद! बिबाद! नेपाल भन्ने देश के बिबादमा पर्नलाई मात्रै बनेको हो त? यो प्रश्नले मेरो दिमागमा सधैं झट्का हानीरहन्छ। मलाई थाहा छैन म कहिलेसम्म यो रोगबाट ग्रषित  रहनुपर्ने हो। तर अहिलेको ताल हेर्दा मलाई के विश्वाश छ भने नेपाल बिबादमा परीरहेको हेर्नलाई मेरो तीन पुस्तासम्मकाले पनि पौनेछन। प्रधानमन्त्रीले गाडी चढ्यो भन्यो बिबाद, कुना नेताले हिन्दिमा  भाषण गर्यो भन्यो बिबाद,सेनामा नयाँ भर्ती लियो भन्यो बिबाद,जनमुक्ति सेनाले हतियारको चाबी बुझायो भन्यो बिबाद,मैले पाउनुपर्ने तेसले पायो भन्यो बिबाद,जनताकै भलाइकै लागी भनेर नयाँ सेवा केन्द्र अनि सदरमुकाम खोल्ने घोषणा गर्यो बिबाद,बिदेशी लगानी भित्रियो बिबाद,यस्तै यस्तै अरु अरु। एसो कुरा राम्ररी केलाएर हेर्ने हो भने पाउन सकिन्छ कि कसैको पनि बक्तब्यमा पहिला बिबाद सुरु गर्ने काम त्यही जनताको सेवक भनौदा भ्रस्टाचारबाट ग्रशित नेताहरुकै हुन्छ जसले आफ्नो पालामा त जनतालाई रिझाउन त सक्दैनन् सक्दैनन् तर अरुको पालोमा खुट्टा तान्नमै व्यस्त देखिन्छन।हैन हाम्रा यि नेता भनौदाहरुलाई किन लाज नभएको ह? यिनिहरुले केही समय अरुलाई पनि काम गर्न दिए त हुनेनी

ती बुढी आमैको आँशु

बर्ष २०६८, उत्सव : दशैको सप्तमीको दिन सधैंझै यसपालि पनी दशै स-परिवार धुमधामका साथ मनाउने आशाले बुढी आमै आफ्नी बुहारी र नातिनिका साथ तनहुबाट काठमान्डुतर्फ लाग्ने बस चढेका छन। शायद बुढी आमै हिंड्न सक्दिन थीइन क्यारे त्यसैले बारम्बार बुहारीलाई एकलाई छडि कतै नजान भन्दै थीइन। यो सम्पुर्ण कुराहरु नियालिरहेको म पनि त्यहि बसमा पोखराबाट चढेको छु। बस खान खाने ठाउँमा रोक्यो। सबै यात्रु आआफ्नै हिसाबले खाना खान तर्फ लागे। बुढी आमै भने त्यहि बसमै बसिरहिन। उनलाई छाडेर बुहारी आफ्नी छोरिको लागि लिटो बनाउन भनेर होटेलमा छिरिन। अचानक एउटा दुखद परिस्थिती आइदियो की बस समयअगावै अगाडि बढ्नुपर्ने भयो। बस अगाडि बढ्नुको कारण थियो २ मिनट अगाडिको सानो दुर्घटना। दुर्घटना क्षतीको हिसाबले त खासै बखेडा झिक्नु पर्ने थिएन तर शायद नेपाली समाज भनेकै एही हो की कुनै पनि सानो कुरोलाई ठुलो बनाउन माहिर छन। एक्छिनमै भिड बढ्न थाल्यो। हाम्रो गुरुजीले चै अलिक चलाखी गरेर बस अगाडि दौडाइ हाल्नुभयो। यता बस त अगाडी बढ्यो तर बुहारी भने बसमा आइसकेकी थीइनन। बुढी बिस्तारै बोल्ने भएकीले कसैले उनको वास्ता गरेनन र बसमा कोहि आइसकेका छन की