बर्ष २०६८, उत्सव : दशैको सप्तमीको दिन
सधैंझै यसपालि पनी दशै स-परिवार धुमधामका साथ मनाउने आशाले बुढी आमै आफ्नी बुहारी र नातिनिका साथ तनहुबाट काठमान्डुतर्फ लाग्ने बस चढेका छन। शायद बुढी आमै हिंड्न सक्दिन थीइन क्यारे त्यसैले बारम्बार बुहारीलाई एकलाई छडि कतै नजान भन्दै थीइन। यो सम्पुर्ण कुराहरु नियालिरहेको म पनि त्यहि बसमा पोखराबाट चढेको छु।
बस खान खाने ठाउँमा रोक्यो। सबै यात्रु आआफ्नै हिसाबले खाना खान तर्फ लागे। बुढी आमै भने त्यहि बसमै बसिरहिन। उनलाई छाडेर बुहारी आफ्नी छोरिको लागि लिटो बनाउन भनेर होटेलमा छिरिन। अचानक एउटा दुखद परिस्थिती आइदियो की बस समयअगावै अगाडि बढ्नुपर्ने भयो। बस अगाडि बढ्नुको कारण थियो २ मिनट अगाडिको सानो दुर्घटना। दुर्घटना क्षतीको हिसाबले त खासै बखेडा झिक्नु पर्ने थिएन तर शायद नेपाली समाज भनेकै एही हो की कुनै पनि सानो कुरोलाई ठुलो बनाउन माहिर छन। एक्छिनमै भिड बढ्न थाल्यो। हाम्रो गुरुजीले चै अलिक चलाखी गरेर बस अगाडि दौडाइ हाल्नुभयो। यता बस त अगाडी बढ्यो तर बुहारी भने बसमा आइसकेकी थीइनन। बुढी बिस्तारै बोल्ने भएकीले कसैले उनको वास्ता गरेनन र बसमा कोहि आइसकेका छन की छैनन् भनेर हेर्ने तर्फ ध्यान पनि दिएनन।सबै आआफ्नै सुरमा थिए तेस्तै म पनि आफ्नै सुरमा आँखालाई बिश्राम दिएर कान भने बसभित्र भैरहेको कुराहरुतर्फ केन्द्रित गरिरहेको थिए।
बिस्तारै बस अगाडि बढदै गयो। तेस्तै अघिल्तिर बसेका मान्छेहरुले पनि महसुस गरेछन क्यारे की बुढी आमै एक्लै भैछिन भनेर। खलासी र एउटा प्यासेनजरले बुढी सँग केरकार गर्न थाले। बुढीले सकी नसकी उत्तर हरु दिदै गैरहेकी थीइन्। एता प्रश्नकर्ताहरु एस्तो प्रकारले सोध्दै गैरहेका थिए की अब मानौ बुढी आमैलाई उनिहरुले घरसम्मै पुर्याइदिनेछन। आमै पनि निर्धक्क भएको भान उनको मुहार हेर्दा लाग्थ्यो। उन्को मुहार हेर्दा लाग्थ्यो की उनलाई एकरत्ती पनि चिन्ता छैन। त्यहि प्रश्नकर्तामधे एउटाले घर भएको ठाउसम्म पुर्याइदिनेजस्तो कुरा गर्दै थियो र त्यस मान्छेलाई अरुले पनि अब समर्थन गर्न थालिसकेका थिए।
बस थानकोट नाका पार गरेर काठमान्डु भित्रियो। अघिसम्म केही गर्नु पर्छ की भनेर नलागेको मलाइ एकास्सी प्रश्नकर्ताहरु माथी शँका लाग्न थाल्यो। नभन्दै त्यहि अघि घर लग्छु जस्तो कुरा गरेकोले कलंकी नआइपुग्दै आमैलाई उतारिदियो। त्यो घटना देखेर म छक्क परे र खै के भएर हो कुन्नी म पनि आफ्नो कुन्ठा बोकेर खुरुक्क बसबाट उत्रिए अनी बुढी आमैलाई समात्न पुगे। एक्छिन बुढी आमैसँगको भलाकुसारी संगै मैले कुनै कागजपत्र छ की भनेर प्रश्न गरे। उनले आफ्नो झोला खोसालखुसुल गरेर एउटा कागज झिकिन र मलाई दीइन। त्यहा केही नाम र फोन नम्बर हरु रहिछ। मैले नामहरु क्रमै सँग पढेर बुढी आमैलाई सुनाउदै थिए की बुढी आमै एउटा नाममा गएर आफ्नो छोरा भएको कुरा भनिन।
मैले त्यहि नाममा कल गरेर सम्पुर्ण घटना बेलिबिस्तार लगाउदै कलंकीमा झट्टै आउन आग्रह गरे। म र बुढी आमै करिब १० मिनटजती हिडेर कलंकी पुग्यौ र छोरा को प्रतिक्षा गर्न थाल्यौ । एत्तिकैमा मेरो कानमा पछाडिबाट एउटा आवाज गुन्जिन पुग्यो "आमा"। आघिसम्म अलिकति पनि चिन्ता भन्ने कुरा नदेखियेको त्यो बुढी आमैको मुहारमा अचानक डर, त्रासले गर्दा कालो बादल मडारियेझै हुन पुग्यो। अकस्मात त्यो आँखाबाट आशुका धारा बग्न पुगे।
ंशायदै म त्यो आसुँ कैले भुल्न सक्नेछु।

Comments