Skip to main content

Posts

Showing posts from October, 2010

मान्छेको स्वार्थ

सधैं भुक्ने कुकुर मर्यो अरे छन सबैजना खुशी उस्का छौराछौरी टुहुरा भये छैनन कोही दुखी जती भुक्ने भएपनी धेरै राम्रो थियो कुरा गर्दा मर्न त त्यो मरेकै हो नि टोलको सुरक्षा गर्दा सबैजना ठान्दा होलान एउटा मरे अर्को आउने कसैलाई वास्ता छैन एस्तै अर्को नआये बित्यासै पर्ने हामी हेरौ तेसको दाजोमा कस्लाई के पो गर्या छौ र त्यही पनि सधै आफुलाई किन उच्च ठान्दा होउ र हानेका रहेछन ४ जना मिलेर एउटा निर्धोलाई गोली बिचरो गर्न के पो सक्थियो र खेल्यो रगतले लत्पत होली तेसको लास ओरिपरी सबैजना नाक र मुखै मात्रै छोप्छन तर तेसले आफ्नै लागि प्राण दियो भन्ने किन सबै भुल्छन चल्या थियो अरे गोली सबैतिर अन्धाधुध धेरै थियो महान त्यो हामी सबैभन्दा कतै केही नराम्रो हुन लागे झस्काउथियो घरीघरी आज त्यो मरेको बेलामा छैन कोही लासको ओरिपरी गर्या थियो काम तेसले जो कमैले मात्रै भ्यौछन केही नगरे पनि मान्छे आफुलाई किन उच्च ठान्दा रहिछन
तिमी भन्थियौ चाहिदैन मलाई अरु केही मात्र भये पुग्छ मनको कुना अनी म भन्थिए किन मात्र मनको कुना लिनेभये लेउ पुरै तन मात्रै त हो नि तिम्रो धन

अभागीको दशै

बालबच्चाको बोलिबोलिमा छ दशै आयो खाउला पिउला यो अभागीको पुर्पुरोमा एउटै प्रश्नले सताउछ खै म यो दशै कसरी मनाउला???? बालबच्चा गर्दैछन पिङ खेल्ने रहर हुनेखाने छिर्दैछन किनमेल गर्न शहर यो अभागीको पुर्पुरोमा एउटै प्रश्नले सताउछ खै आफ्नो कहिले हुने हो सुरसार ????? ठुल्ठुलाको घरघरमा गाडी गर्दैछ टिटी आफ्नो घरमा साडी खै भनी गर्दैछे बुढीले ढिपी यो गरीबको पुर्पुरोमा एउटै प्रश्नले सताउछ खै बाबा हामीले कहिले खाने चिची ????

गन्तब्यहिन यात्रि

मार्गचित्र केही कोरेको छैन चिनेजानेको साथमा कोही छैन के खोज्दै हिंडेछु केही अत्तोपत्तो छैन र पनि अघी बढीरहेछु म निरन्तर अघी बढीरहेछु म कसैलाई लाग्ला बहुलाएछु कसैलाई लाग्ला शान्त बातावरण खोज्दैछु कसैलाई लाग्ला यो बेस्तता बाट भागदैछु म एकिन जवाफ र कारण थाहा छैन र पनि अघी बढीरहेछु म गोडा नथाकेसम्म पेट नभोकाएसम्म अघी लम्किरहेछु म निरन्तर अघी बढीरहेछु म । वरपरका मान्छे फेरिदैछन स्थान परिवर्तनको क्रम बढ्दै छ चिटिक्क परेको ज्यान झुत्रो भैइसकेछ सबैको हेर्ने नजर बद्लिदै छ र पनि केही वास्ता छैन सार्हा संसारलाई एउटा कुनामा थन्काइ गन्तब्यहिन यात्रि बनी हिडिरहेछु म बेपर्वाह बनी अघी लम्किरहेछु म शरीर नथाकेसम्म सुर्य नअस्ताएसम्म अघी बढीरहेछु म, निरन्तर अघी बढीरहेछु म ।