Skip to main content

Posts

Showing posts from September, 2015

भुमरिमा झेलिएको म

म रुन्छु  हास्छु  गाउछु  नाच्छु  घुम्छु  पिउछु  रम्छु  सम्पूर्णको माझ रहेर पनि  सबै गर्छु  तर एक्लै  नितान्त एक्लै  देख्नेले साथी भाईले भने  यो पागल केटो  तर कोहिले सोध्ने कोशीश गरेनन  के कारनले बन्यो यो पागल केटो  शायद  घर परिवार म कोही आत्मिय गुमाएको पो हो कि  कही कतै माया प्रेमको बन्धनमा असफल भको पो हो कि  कही कतै क्षमतामा प्रश्न चिन्ह ल्याहि गल्हत्याइएको पो हो कि कही कतै सफलताको सिढी चढ्दै नमज्जाले चिप्लेको पो हो कि  आखिर भयो के त  त्यस्तो  पुक्क गाला  हसिलो अनुहार  सदैब सकारात्मक सोचाइ  तिक्ष्ण बुद्दी गाउमै टाठो बाठो भनेर कहलाउदो  सबैको प्रिय सबैको अत्मिय  आज किन एस्तो  प्रश्न अनेक  स्थिती नाजुक  बुझ्ने कोसले  खोतल्ने कोसले  यो झन झन बढ्दै गएको भुमरिमा पस्ने कोसले ।।।।