Skip to main content

Posts

Showing posts from April, 2015

Urgent Public Notice from Department of Education for private and public schools to use lead free paints

3/ tyf laBfno k'jf{wf/x? /Ëfpbf g]kfn ;/sf/åf/f tf]lsPsf] n]8sf] dfkb08 () lk= lk= Pd\ cg";f/sf] /Ëx? dfq k|of]u u/f} . शिक्षा विभागको सूचना यसप्रकार रहेको छ ः सबै उमेरका मानिसहरु एवम् खासगरी वालवालिकाहरु लेड (सिसा) को सम्पर्कमा आएको खण्डमा पढ्ने लेख्ने क्षमता घट्न सक्ने, आनिवानी तथा हाउभाउमा परिवर्तन आउने, स्नायु प्रणाली, प्रजनन् प्रणालिमा गडबडी, मानसिक सन्तुलन बिग्रन सक्ने, आदी हुनसक्दछ । लेडले वालवालिकाको शारीरिक, मानसिक तथा बौद्धिक बिकासमा निकै नकारात्मक प्रभाव पुर्याउँदछ । सर्वसाधारणको घर तथा बिद्यालय भवन, फर्निचर, खेलौना, खेलसामग्री, खेलमैदान तथा अन्य भौतिक पुर्वाधारहरु रङ्गाउने रङ्गहरुमा पाइने लेड (सिसा) को असरलाई न्यूनिकरन गर्नका निम्ती नेपाल सरकारद्वारा रङ्गमा लेडको मापदण्ड ९० पि. पि. एम् तोकिएको हुँदा सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुले बजारमा उपलब्ध लेड नमिसाइएको रङ्गहरु मात्र खरिद गरी प्रयोग गर्नु गराउनु हुन सबै सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।  

माइक्रोको यात्रा

बडो अजिव तथा गरिव परिस्थितीमा उल्झिएको अवस्था  माइक्रोमा पसेको छु  बडो भिड छ  यो मोटो शरीरलाई नागबेली बनाइसके  श्वास फेर्न गार्हो भाको बेला  अाइन यौटी फेमिनिस्ट  अङ प्रत्यङ छोइयो रे उन्को लौन के भन्छिन एस्तो  तेती वाक्य उनको फुट्यो  सद्मा त मलाई पो लाग्यो     के के नानाभाती रोगले ग्रस्त म  सबै आँखा खाउलाझै तेर्सिदैछन मै तिर  उत्तर के दिउ कसरी दिउ  फेरी सुन्न तयार को छन र यहाँ  इज्जतमाथि प्रश्न त अाइसक्यो  के तेरो घरमा दिदी बहिनी आमा छैनन ? हेर्दा त पढेलेखेको छस के एही हो तेरो पढाई ? तेरो बाउ आमाले सिकाको पाठ एही हो ? अचानक एउटा गाजा खाएर टिल्ल पर्या केटोले त दिहाल्यो  एक बाघे झापु  एुटी आईमाईले पिच्च मुखको फोहोर खन्याइहालिन खकारमार्फत  यो १५ मिनेटको दुरी घन्टौको लाग्यो  निस्किउ माइक्रो आफ्नै बेगमा बत्तासिएको छ्  ननिस्किउ यो अन्जान भिडले अनाहकै दानव तुल्याइदिएका छन  खत्र्याक खुत्रुक एताउती साहाराको खोजिमा नजर डुलाउछु  झन झन लज्जित अनी अपहेलित म  माइक्रोको यात्राले जन्माएको एक अपराधी म