Skip to main content

Posts

Showing posts from October, 2015

नयाँ नेपालको पुरानो रुप

देश ले संबिधान पायो ।।। के भयो ?? के ख्यासियो??  एता भेट्यो उपप्रधान मन्त्री ।। उता भेट्यो उपप्रधान मन्त्री ।।  अैज तैले मलाई सहयोग गरिस ।।  तेस्को सेखी झारिस ।।  लैजा तलाई एउटा उपप्रधान मन्त्री ।।  के यो देश एउटा भाडाकुटी खेल हो ??  जसले जता मन लाग्यो जसरी चलाऊन पाउने ?? देश ले संबिधान पायो ।।। के भयो ?? के ख्यासियो ??  पढेलेखेका जती बिदेशिदै छन ।।  अनपढ, गवार अनी उत्पात मचाएका मन्त्री मन्डलमा पस्दै ।। देश जती पछाडि जानु छ् गैसक्यो ।। अझ कती लैजाने??  पढ्ने बेलामा गोला बारुद गर्दै, मान्छे मार्दै हिंडेका  अहिले प्रथम महिला सभामुख कि खै कुन्ने के रे ।।  देशले सिक्षित टोलीलाइ बटुल्यो भनेर दिपावली मनाउने बेलामा  कहिलेसम्म एही झुलाई झुलाई हेरेर गौराबन्बित हुँदै बस्नु ??  देश ले संबिधान पायो ।। के भयो?? के ख्यासियो??  देश मा अघोशित नाकाबन्दी छ  मधेश अजसम्म पनि रुदै छ् ।।  खै त सम्बोधन गरेको ?? खै त त्याहा के भैरहेको छ बुझेको ?? केही भारतीय छिरेर उधुम मचाए रे ।। को भारतीय ?? के आधारमा भारतीय ??  अङिक्रित नागरिक