Skip to main content

Posts

Showing posts from March, 2021

मागेर समाज सेवा हुने/ नहुने सम्बन्धि

मैले बुझेको कुरो मात्रै गरे है, विश्वमा हजारौ संघ संस्था छन् जसले विभिन्न श्रोत बाट श्रोत साधन जुटाएर सामाजिक कार्य गर्दै आइरहेका छन् | ति श्रोत हरुमा केहि निजि होलान, केहि व्यक्तिगत होलान, केहि सरकारी होलान, केहि धार्मिक होलान | कयौ विकसित देशमा सामाजिक कार्यमा रकम सहयोग गरेबापत प्रमाण पत्र मिल्ने र सो बाट आफुले तिर्नुपर्ने करमा समेत कटौती हुने गर्दछ | कयौ देशमा बिद्यार्थी कालमै सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गरिन्छ | सो को निम्ति बिकसित देशका विद्यार्थी हरु आफुले जोगाएको रकमबाट अति कम बिकसित देशहरुमा पुग्दछन र सामाजिक कार्यमा संलग्न हुन्छन, आफुले जानेको कुरा सिकाउछन | यसलाई विशेष गरेर जीवन उपयोगी शिप बृद्दी को रुपमा लिने गरिएको छ | धर्मकै हिसाबले हेर्ने हो भने, हिन्दु धर्म र क्रिस्चियन धर्ममा लागेका व्याक्तिहरुले आफ्नो कमाइको केहि रकम सामाजिक कार्यमा लगाउने गरेका हुन्छन | हिन्दु धर्ममा लागेकाले बढी जस्तो, चौतारी निर्माण, सडक निर्माण, मन्दिर निर्माण, दिनदुखिलाई खाना प्रदान गर्ने गरेका हुन्छन भने क्रिस्चियन धर्ममा लागेको व्यक्तिले आफ्नो कमाइ विशेष गरेर चर्चमा जम्मा गर्ने गरेको प