मैले बुझेको कुरो मात्रै गरे है,
विश्वमा हजारौ संघ संस्था छन् जसले विभिन्न श्रोत बाट श्रोत साधन जुटाएर सामाजिक कार्य गर्दै आइरहेका छन् | ति श्रोत हरुमा केहि निजि होलान, केहि व्यक्तिगत होलान, केहि सरकारी होलान, केहि धार्मिक होलान |
कयौ विकसित देशमा सामाजिक कार्यमा रकम सहयोग गरेबापत प्रमाण पत्र मिल्ने र सो बाट आफुले तिर्नुपर्ने करमा समेत कटौती हुने गर्दछ | कयौ देशमा बिद्यार्थी कालमै सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गरिन्छ | सो को निम्ति बिकसित देशका विद्यार्थी हरु आफुले जोगाएको रकमबाट अति कम बिकसित देशहरुमा पुग्दछन र सामाजिक कार्यमा संलग्न हुन्छन, आफुले जानेको कुरा सिकाउछन | यसलाई विशेष गरेर जीवन उपयोगी शिप बृद्दी को रुपमा लिने गरिएको छ |
धर्मकै हिसाबले हेर्ने हो भने, हिन्दु धर्म र क्रिस्चियन धर्ममा लागेका व्याक्तिहरुले आफ्नो कमाइको केहि रकम सामाजिक कार्यमा लगाउने गरेका हुन्छन | हिन्दु धर्ममा लागेकाले बढी जस्तो, चौतारी निर्माण, सडक निर्माण, मन्दिर निर्माण, दिनदुखिलाई खाना प्रदान गर्ने गरेका हुन्छन भने क्रिस्चियन धर्ममा लागेको व्यक्तिले आफ्नो कमाइ विशेष गरेर चर्चमा जम्मा गर्ने गरेको पाइन्छ र सोहि रकम अति कम बिकशित देशका जनताको स्तरोन्नति का निम्ति उपयोग हुने गरेको पाइन्छ |
यसरि संकलित रकम खर्च गर्न, सामाजिक कार्यमा उपयोग गर्नको निम्ति समूह त्ताथा संघ संस्था बनाइएको हुन्छ | यसको उपज हो I/NGO तथा समुदायस्तरीय, धर्म-स्तरीय समुहहरु | आफैले करोडौ कमाउने खेलाडी, कलाकारि, व्यापारी समेत औपचारिक रुपमा संस्था खोल्दै खर्च गरिरहेका हुन्छन | प्राय जस्तोलाई फाउन्डेसन भनेर चिनिने गरिन्छ | सो फाउन्डेसनले समेत केहि समयमा अन्य श्रोत जस्तै समकक्षी खेलाडी, कलाकार, व्यापारी बाट रकम जम्मा गर्दछन र पुन I/NGO तथा अन्य औपचारिक श्रोत मार्फत सो रकम सामाजिक कार्यमा लगाउछन |
आजकै मितिमा हेर्ने हो भने,
नेपालमा अनेक श्रोत बाट रकम आउने गर्दछन र सो सामाजिक कार्यमा उपयोग हुने गरेको छ | जस्तै,
१. अन्य देशको सरकार बाट नेपाल सरकारलाई सिधै
२. विश्वव्यापी रुपमा प्रस्ताब खुलाउने तथा सोमा I/NGO ले भिडेर जितेको अवस्थामा सो रकम NGO मार्फत
३. विश्वभर छरिएर रहेका अनेक I/NGO ले नेपालमा रहेका NGO मार्फत
४. नेपाल भित्रै रहेको अनेक व्यापारी संस्था बाट Corporate Social Responsibility (CSR) को दृस्टीकोणबाट NGO मार्फत
५. नेपालमा INGO लाई चन्दा/दान संकलन गर्न रोकिएको छ | तर फाउन्डेसन/ NGO हरुले दान संकलन गर्न पाउदछन | सोहि संकलन गरिएको रकम सामाजिक कार्यमा उपयोग गर्ने गरिन्छ
६. सरकारी निकायले विभिन्न श्रोतबाट रकम जम्मा गरेर वार्षिक कार्यक्रम बनाउदछ | सोहि कार्यक्रम केहि आफै खर्च गर्दछन, भने केहि सहकारी, केही गैर सरकारी मार्फत कार्यक्रम गर्दछन |
यसरि हेर्दा ति तमाम कार्य जसले समाजमा केहि परिवर्तन ल्याउछन, जनताको जीवनमा केहि उन्नति ल्याउछन भने तिनलाई सामाजिक कार्य त भन्न सकियो नै तर समाज सेवा भन्ने कि नभन्ने सन्दर्भमा चै आफाफ्नै बुझाईमा फरक पर्न सक्दछन | त्यतिका बाबजुद बुझ्न पर्ने कुरो भनेको, जसले जसरि गरेपनि यदि त्यो नीतिगत रुपमा ठिक छ र सोले समाजमा रहेको समस्या, तथा परिवारको स्तरमा उन्नति गर्दछन भने सोलाई समाज सेवा भन्दा खासै फरक पर्दैनन् |
कुनै समय थियो समाज सेवा भनेको निश्वार्थ भैकन गरिने सेवा थियो | तर आजको मितिमा कुनै पनि कार्य गरिनुमा केहि न केहि उदेस्य हुन्छ नै | जसले जसरि नै गरोस तर खोज्दा केहि न केहि स्वार्थ हुन्छ नै | आजको मितिमा बढीजसो समाज सेवा पेशाको रुपमा बदलिदै गएको छ | यो नेपालको मात्रै कुरा होइन, विश्व परिवेशमै त्यहि कुरा हो |
अन्तत, मागेर गरिने कार्य समाज सेवा हो होइन भन्नेमा बहस गर्ने भन्दा पनि हरेक कार्य नीतिगत रुपमा मिलेको छ वा छैन भन्ने मा बहस हुनु जरुरि छ | किनभन्दा विश्वमै आफ्नै मात्र व्यक्तिगत आम्दानीले सामाजिक कार्यमा संलग्न हुने चै बिरलै छन् | धनीले पनि आफ्नो संगै अरुसंग मागेरै खर्च गर्ने हुन् | मध्यम वर्गले पनि आफु संगै अरुको पनि मागेरै खर्च गर्ने हुन् | सो रकम कहा प्रयोग भएको छ, कसरि प्रयोग भएको छ सोहिनै महत्वपूर्ण र चासोको विषय हुनुपर्दछ |
आजको मितिमा सामाजिक कार्य पेशा बनिसकेको छ र यसलाई स्विकार्नु नै उत्तम उपाय हो |
Comments