Skip to main content

Posts

Showing posts from January, 2012

बैशको पोखरी

दुई सुन्दर पहाड मिलेका, फक्रेका दुई सुन्दर फूल यौनउन्मत्त प्रज्वलित दुई कलश एही बीचबाट यौवनको एउटा सङ्लो नदि बगेको छ। तल अली तल एउटा सानो आकर्षक कुण्डमा नदि एक क्षणै टोलाएर दुई सुन्दर तमतमाउदा रापिला बैशमत्त, कनखम्बामाझको पोखरीमा टुङिन्छ। नरमनरम दुबोको पारदर्शी छायामा फैलिएको यो मुल पोखरी सृस्‍टिको मुल ढोका पनि हो रोमान्चको निरन्तर् गति पनि हो। दुई सुन्दर पहाड समाउदै उक्लदै झर्नुपर्ने यो पोखरी जति पिए पनि प्यास मान्दैन जति पौडे पनि आनन्द थाक्तैन। दुई सुन्दर पहाडमास्तिर आकाश छ पुर्नेको यौवन उन्मत्त जुन छ सम्पुर्ण आँखालाई मात जगाउने बैशको इन्द्रेनी छ कस्तो अवर्नित अनुभुती कस्तो तम्तमाइलो, उत्तेजक स्वादिलो झट्का बिजुली सद्रिश्य- कति स्प्रिश्य। रात सधैं आकाशलाई म्वाइ खाँदै दुई फुल समाउदै साना अकर्शक कुन्डमा झर्छ र, बैशको सुगन्धमा लठ्ठिदै पोखरीमा पौडिदापौडिदै उज्यालो हुन्छ। श्रोत: टुँडाल "कृष्ण धरावासी"

मिटरको कथा

काठमाडौं बासी भएर मिटरको ब्यथा सहनु नपर्ने हुनै सक्दैन। पछिल्ला दिनहरूमा केही मित्रजनहरूले निकाल्ने गरेका वाक्य हो यो । अब यस्तै केही मिटरका जुन टार्छु भनेर पनि टार्न सकिदैंन सुनम न त:  १) धारा: हावा भन्दा बढी त आएको थाहा छैन तर मिटर भने घुमेको घुमेकै। मिटर नजोडौ सरकारले जरिवान छेराउने आनि जोडौ त पानीको थोपा नदेखेपनी पैसाको नोट भने बुझाउनुपर्ने। कस्तो बिडम्बना !! २) बिजुली: तारमा बिजुलीको झट्का कतिखेर आउछ त थाहा हुदैन तर ठ्याकै हरेक महिनाको १ गते बिजुलीको बिल ढोकैमा आइपुग्छ भन्ने चै पक्का छ। चट्ट आउछ मिटर हेरीटोपल्छ आनि चढाइदिन्छ सुन्दै एती धेरै भन्ने गरि बिल। कसरी एत्रो आयो भनेर सोध्यो मिटरले देखायो रे। अचम्मचै के लाग्छ भने दिनमा २ घण्टा बिजुली नहुदा उठ्थ्यो ६००-७००को हाराहारिमा ल आजकाल दिनमा त्यहि २-४ घण्टा बिजुली बाल्न पाईन्छ त्यो पनि बेलैमा घर आइपुगेको खण्डमा र पनि बिल उत्तिनै(५००-६००को हाराहारिमा) देखापर्छ। मिटर आफै घुम्छ की क हो हावाले पंखा घुमाको जस्तै। ३) ट्याक्सी: तपाइ ट्याक्सीमा २-४ किलोमिटर हिड्नुस नहिड्नुस मिटर  एस्तरी घुमिसकेको हुन्छ की मानौ १००मी को रेसमा तिब