Skip to main content

Posts

Showing posts from December, 2012

पुरानो लुगा तथा जुत्ता संकलन कार्य।

पुरानो लुगा तथा जुत्ता संकलन कार्य। सामुहिक कार्य : आयोजक मेन्स रूम रिलोडेड (समाजिक सन्जाल "फेसबुक")  दिन : मंगलवार मङ्सिर २६ गते समय : बिहान ८ बजे देखी ११ बजे सम्म स्थान : बसन्तपुर डबली (कुमारी घर अगाडी) काठमांडौ, नेपाल ।    हामी युवा बर्ग फेसबुक बाट बाहिर निस्केर समाज अनी देशको लागि केही गर्न तत्पर रहि यस कार्यक्रम “शीतलहर पीडित क्षेत्रको ”  को सहयोगार्थ स्वरुप  सामुहिक रुपमा देशको बिभिन्न भागबाट जुत्ता तथा लुगा संकलन कार्य गरिरहेको ब्यहोरा तपाइहरुमार्फत जानकारी गराउन चाहन्छौ। । हाम्रो यस सामाजिक कार्य सफल पार्नमा तपाइहरूको सानो सहयोग वा योगदानले पनि ठुलो भूमिका खेल्ने त छ नै साथ साथै आगामी दिनहरुमा हाम्रो सामाजिक कार्यप्रतीको झुकाबमाथी पनि सकारात्मक शक्ति प्रदान गर्ने छ। यसर्थ  हजुरहरुको सहयोग बिना हामी अगाडी बड्न सक्दैनौ, तेसैले यस कार्यका लागि भनेर हामी जागरुक युवा बर्गले तपाइहरू बाट धेरै भन्दा धेरै सहयोगको आशा गरेको छौ। हामी अहिले हाम्रो कयौ निस्वार्थी कामहरुमध्यको  एउटा कार्यक्रम "पुरानो लुगा तथा जुत्ता संकलन कार्य" लियर तपाइहरु माझ उपस्थित