Skip to main content

Posts

Showing posts from April, 2010

सबैको आफ्नै कमाल

निर्दोशलाई जती मारेपनी हुँदैन सैनिकलाई कार्वाही । कामा केही गर्न नसकेपनी मुखमत्र बढी चलाऊदैछिन बिद्या भण्डारी।। धन कमाउने आशमा जोतदैछन किसान आफ्ना खेतका कान्ला। दुई डलरमा पाइने कुरा चार डलरमा किनी नेपालीलाई महंगिमा गाध्दैछिन है सुजाता कोइराला।। गरीवीले पिल्सिएका जनतामा सुरु भयो भुकमरी र अनिकाल। चुनावमा जनतालाई खुशी पार्न नसकेपनी आफ्न मन्त्रिलाई रिझौन खोज्दैछन माधव कुमार नेपाल।। तेत्रो संसार थर्काउने हत्याकान्डमा पनि जनतालाई पारीयो गुम्राह। पुरिसकिएको राजतन्त्र फिर्ता लेराउन भरपुर प्रयास गर्दैछन ज्ञानेन्द्र शाह।। पर्दामा कत्तिसँग चुम्मा खाँदै र कम्मर मर्काउदै देखाये कमाल। पत्रकारको एक प्रश्नको उत्तर दिन नसक्दा अगाडि पर्ननै डराउछन राजेश हमाल।। शायद घरबाट हशिलो मुहार लिएर हिंड्ने दिन थियो अन्तीम। देशको सुरक्षा प्रत्याभुती गराउदै मुख्य सडकमा दिनमै मरिये बिचरा जमिम।। जुन ठाउमा रहेपनी जिउज्यान जोखिममा रहने सम्भावना छ प्रबल। सुरक्षा सम्यन्त्र बनेपछी देश सुरक्छित छ भनी बक्दैछन भिम रावल।

८, आठ

ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव। तेरो ढाडमा किताबको झोला मेरोमा भने फोहोरको झोला । तेरो औंलामा कलमको मशी मेरोमा कालो मोशो र ठेलैठेला। तेरो खुट्टामा टल्कने जुत्ता मेरोमा फित्ता नभा चप्पल। तलाई खेल्नलाई भकुन्डो र क्रिकेटको बल मलाई भने खेल्नलाई मैलो लुगा र जुठो थाल। तैले लगाउछस नयाँ नयाँ लुगा मेरो एस्तो दिन कहिले हो आउने। अलिकती च्यात्ते तैले फाल्ने त्यही टाल्दापनी मैले किन लाउन नपाउने। ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव। त नजिक आउँदा अत्तर बास्ना आउने म जती टाढा रहेपनी पशिना गन्हाउने। तैले लगाउछस नयाँ नयाँ लुगा मेरो एस्तो दिन कहिले हो आउने। अलिकती च्यात्ते तैले फाल्ने त्यही टाल्दापनी मैले किन लाउन नपाउने। तैले भनेजस्तो पानी पाउदा पनि गर्न नुहाउछस आनाकानी मैले त्यही अलिकती पानी पनि कुन महिनामा हो पाउने। तेरो बाउले सधैं कुरा गर्ने बाल अधिकारको तेसैले होला तेरो घरमा बस्दा मेरो यो हाल भाको। ओए त पुगिस ८ बर्ष म पुगी बर्ष आठ हामी एउटै बर्ष भएपनी किन एत्रो भेदभाव।