Skip to main content

Posts

Showing posts from June, 2012

अपबाद

अपबाद केही महिना अघि लुट हेरेपछी नेपाली चलचित्र क्षेत्रको उन्नति हुँदै रैछ भनेर खुशि भएको थिए। लगातार केही चलचित्रहरू आए गए कोहि छाप छोड्लान जस्तै गरि आए अनि हल्काफुल्का हल्ला गर्दै गए पनि। त्यहि भेलमा अपबादको पनि पाइला पर्यो। अपबादको चर्चा परिचर्चा सर्वत्र हुन थाल्यो। मन त थियो पहिलो सो मै हेरिहालु तर कारनबस १-२ दिन गर्दागर्दै ९ओउ दिनमा हेर्ने साइत जुर्यो। यो बिचमा कयौ समिक्षकहरूले  चलचित्र  बारे आ-आफ्नो  समिक्षा  पनि  लेखे  र  बीचारहरू  आदानप्रदान  गरे।  कुनै  पनि  कुराको  राम्रो  नराम्रो  टिकाटिप्पनी  भएझै  यसको  पनि  भयो।  हरेक  चर्चा  पछी  अपबाद एकपटक हेर्नै  पर्ने चलचित्र हो  जस्तो  बनाउदै  गयो  र  कौतुहलता  बढाउदै  गयो। “inspired from cast away on the moon and into the wild” भन्दै चलचित्रको सुरुवात हुन्छ। पहिलो फ्रेममा  मुख्य पात्र “राज”  आत्महत्या  गरेको  देखाइन्छ।  जब  आँखा खुल्छ उ आफुलाई एस्तो ठाउमा पाउछ जहाँ बाट कहिकतै जाने ठाउँ देखिदैन। उ चिच्याउछ कोही छ कि भन्दै  तर कोही भेट्दैन। न खाने कुरा छ न कोही मान्छे न बस्ने ठाउँ। यसरी चलचित्रको सुरुवात हुन्छ। सँगसङै “राज” को

Money..

उडाउदै  धुवा हिडिरहेको छू लथालिङ अवस्थामा  भौतारिदै  छू  आज रहरै  रहरहरू  पूरा  गर्न  भनि कमाउने  धुनमा  टन्न  Money.. मतलब छैन  पर्वाह  छैन् जसरी  हुन्छ  कमाउछु  पैसा गर्नु  परे  गर्दिन्छु दंगा   चाहे  साहुको  होस  वा  बाउको उस्तै  परे  भन्दिन  आमा  पनि जसरी  भए  नी  बटुल्छु  Money.. संगै  गुच्चा खेल्दै  हुर्केको  साथि हेर्दाहेर्दै  पुगिसक्यो  धेरै  माथी जैले  हातमा  हल्लौदै  हिड्ने  गर्छ  हात्ती मलाइ  नी  पुग्नुछ  त्यहा देखाउनु  छ जमाउनु  छ आफ्नो धाक जगल्टे  समाजको  अगाडी  जोगाउनु  छ  नाक राम्रो  नराम्रो  देख्ने  बानि  छैन् अरुले  के  भन्छ  सोच्ने  मान्छे  म  हैन Shortcutko जमानमा  गिदी  खियाउने  फुर्सद  छैन साथ  दिने  कोहि  नभए  खुट्टा  कमाउने  म  हैन सक्छस  आइज  आट  गर्दै  म  नी  तेरो पार्टनर  भनि अरु  थाहा  छैन  जसरी  नी  कमाउने  हो  टन्न Money..

आमा

मरेको  तिम्रो  छोरो  छैन किन  डराउछ्यौ  तिमी हेर्दै  जाउ  अहिले समय साथ  छैन त के भो अलिक केही  प्रतिक्षा गर्दै जाउ जप्नेछन  सबैले  तिम्रो  नाम आमा  हेर्देउ  न  हामलाई  पनि भन्देउ न तिम्रो छोरालाई  भनि हातमा  घिउको  बट्टा शब्द शब्दमा चाप्लुसीको बासना एस्तै देख्ने छौ तिमिले।। नअत्तालिनु  धेरै दंग नि नपर्नु ति सबै क्षणिक हुन गर्नु त्यो भन्दा धेरै छ चुम्नु छ आकाश जन्म त तिम्रै कोखबाट भाको हो नी पछि हट्ने तिम्रो छोरो हैन दु:ख र बाधा कसलाई आउदैन परिस्थितिसँग डटेर लड्ने उपदेश   खुट्टा नकमाइ हाल्ने तिम्रो आदेश भुल्या छैन् सासलाई अझ केही बर्ष जोगाइ राख सुगन्धले  भरिएको संसारमा पाइला राख्नु छ मर्नु अघि पुजिने सबै देउतामा माथा टेक्नु छ बनावटी हैन एकपटक मनबाटै हासेको हेर्नु  छ त्यो आवाजलाई लुकाइ राख आमा तिम्रो लाचारी आनि गरिबिमा पिठ्यु देखाका अगाडी एकदिन खुशिका साथ चिच्याउनु त बाँकी नै छ…।