अपबाद
केही महिना अघि लुट हेरेपछी नेपाली चलचित्र क्षेत्रको उन्नति हुँदै रैछ भनेर खुशि भएको थिए। लगातार केही चलचित्रहरू आए गए कोहि छाप छोड्लान जस्तै गरि आए अनि हल्काफुल्का हल्ला गर्दै गए पनि। त्यहि भेलमा अपबादको पनि पाइला पर्यो। अपबादको चर्चा परिचर्चा सर्वत्र हुन थाल्यो। मन त थियो पहिलो सो मै हेरिहालु तर कारनबस १-२ दिन गर्दागर्दै ९ओउ दिनमा हेर्ने साइत जुर्यो। यो बिचमा कयौ समिक्षकहरूले चलचित्र बारे आ-आफ्नो समिक्षा पनि लेखे र बीचारहरू आदानप्रदान गरे। कुनै पनि कुराको राम्रो नराम्रो टिकाटिप्पनी भएझै यसको पनि भयो। हरेक चर्चा पछी अपबाद एकपटक हेर्नै पर्ने चलचित्र हो जस्तो बनाउदै गयो र कौतुहलता बढाउदै गयो।
“inspired from cast away on the moon and into the wild” भन्दै चलचित्रको सुरुवात हुन्छ। पहिलो फ्रेममा मुख्य पात्र “राज” आत्महत्या गरेको देखाइन्छ। जब आँखा खुल्छ उ आफुलाई एस्तो ठाउमा पाउछ जहाँ बाट कहिकतै जाने ठाउँ देखिदैन। उ चिच्याउछ कोही छ कि भन्दै तर कोही भेट्दैन। न खाने कुरा छ न कोही मान्छे न बस्ने ठाउँ। यसरी चलचित्रको सुरुवात हुन्छ।
सँगसङै “राज” को अतित पनि देखाउन थालिन्छ। चलचित्र बग्दै जाने क्रममा अन्जान ठाउमा राजले गर्ने हरेक कृयाकलाप र उसलाइ आत्महत्या गर्ने अतितका घटनाहरूलाई parallely देखाइएको छ। Parallely जाने क्रममा उसले पाएका ज्ञनगुनका कुराहरु, उसको अब्यक्त प्रेमकहानीको भाव, एउटा युवाको इच्छा र उसको परिवारप्रतीको जिम्मेवारि, संसार देखिसकेर भोगिसकेर वाक्क भैसकेको एउटा पुस्ता र एउटा छुट्तै संसार देख्ने आफ्नो रहर र इच्छालाई सम्पुर्ण ठान्ने कच्चा युवापुस्ताको सोचाइ बीचको खाडल र तेसले प्रस्तुत गर्ने परिस्थिति, बिदेशिने रहर गरेका परिवारमा रिनले लेराउन सक्ने चिन्ता, जस्ता कुराहरू देखाइयेको छ। “presentation” हेर्नलाई चाइ आफैले हेर्न पार्ने हुन्छ।
राजको बा आमाको पात्र बन्ने कलाकारको कलाकारितामा प्रश्न उठाउने ठाउ देखिदैन यानी उनिहरुको Acting जिवन्त छ। प्राय चलचित्रमा देखिने “over expression” र वाहियात रोनाधोना यहा देख्न पाइदैन।
राजको क्यारेक्टर ठाउठाउमा एक्द ससक्त छा जस्तै घर फर्कदा चिया पहिलो चुस्की लिदा दियेको expression, “बुख्याचा” को अवसानपछीको expression, आत्महत्या गर्न लाग्दाको कमेडी expression तर सँगसंगै कति ठाउमा अझ बढी मेहेनत गर्न पर्ने देखिन्छ जस्तै स्वतन्त्र हुँदा देखाइने उछलकुदल, माछा मार्ने बेलाको हाउभाउ, “बुख्याचा” सँगको वार्तालाप हुँदाको एक्स्प्रेसन । यसरी भन्नुपर्दा राजको क्षेमता त छा तर १००% निकाल्न नसक्नी डिरेक्टरको कमजोरी हो।
निशा को क्यारेक्टर जति दमदार हुनुपर्ने हो तेति छैन। उनको बलियो पक्ष खोज्दाखोज्दै पनि एउटा भेटाउन सकिन। निशाको अभिनयले गर्दा सुनन्दाको पात्र नभएको भए बेसै हुन्थ्यो जस्तो लाग्न सक्छ तर निशा बिना राजा अपुरो छ किनभने राजको साहित्य लेखनिमा निशा मुख्य पात्र देखाइएको छ र त्यो पात्र बिना साहित्यकार शायद त्यो समयमा जन्मन्थेन र साहित्यको भूत बिना दुई पुस्ता बीचको सोचाइमा देखिएको अन्तर देखिन्थेन। यसरी भन्दा निशाको पात्र महत्वपुर्न हुदाहुदै पनि तेसलाई देखाउन नसक्नु डिरेक्टरको कमजोरी हो र पात्रमा आफूलाई ससक्त पार्न नसक्नु निशा को कमजोरी हो।
सम्वादको कुरा गर्नुपर्दा निशाको वाक्य रटान मारेझै लाग्छ भने राजको पात्रलाई साहित्यकार देखायको कारणले तर्कसङत पनि देखिन्छ। हरेक नेपालि चलचित्र हेर्दा लाग्ने “English बोल्दा JPT लाग्ने र नेपालि बोल्दा लक्ष्मिप्रसादको आत्मा पात्रमा प्रबेश गरेझै लाग्ने” परम्पराबाट अपबाद पनि अपबाद रहन सकेको छैन।
Music, cinematography को बारेमा बोल्नु भन्दा नबोल्नु जाति देखिन्छ। “In case of Nepali movie industry its not only ordinary but extraordinary, 80% of the frame captured are worth watching which makes you feel something extra”
Loopholes हरू हरेक चलचित्रमा भएझै यसमा पनि कयौ छन तर एतिकैमा चलचित्रलाई असफल भन्न मिल्दैन। अरुले के भन्छन् भन्दापनी चलचित्र एकपटक आँफै हेरौ अनि मुल्यान्कन गरौ। चलचित्रको केही सिन Into the Wild र Cast Away बात प्रेरित छन भने अतित र बर्तमानलाई parallel लगिने कथा 127 hrs बात प्रेरित देखिन्छ।
Comments