Skip to main content

Posts

Showing posts from November, 2010

नसोचिकन प्रयोग गरिएको शब्द

स्थान :थापा बेकरी क्याफे लस्करै ६ जना केटाहरु बसेका छन् जहाँ हरेकको एक हातमा चिया अनी अर्कोमा चुरोट अवस्थित छ । अनी साथमा छ अर्थ न वर्थको कहीले नसकिने गफ , जसलाई देखेपनी सुशेल्न भ्याइहाल्ने अेठ र पद्क्याउन भ्याइ हाल्ने जिब्रो। उनिहरुको कुरा सुन्दा लाग्छ भर्खरै कलेज छिरेका हुन। उनिहरु आफ्नै तालमा रमिरहेका थिए एत्तिकैमा एउटा केटीको पशलमा आगमन हुन्छ जस्को नाम रहेको छ सृस्‍टि(नियमित ग्राहक भएकोले नाम थाहा)। उनलाई देख्दा एस्तो लाग्छ मानौ उनी जन्मिदा जस्ती थीइन् अहिलेपनी तेस्तै छिन्। राम्रोमा औधी राम्रो चुमुचुमु लाग्ने र जस्ले देखे पनि मन लोब्भिहाल्ने। पहिरनको कुरा गर्दा उनी सृस्‍टि हुँदा जस्ती देखिन्थीन अहिलेपनी तेस्तै देखिन्थीन (नग्नताको आधारमा)। उनको सरिरमा कपडा छ छैन भेउ पाउन भने मुस्किल नै पर्छ एक त परिवारको पैसा जोगाउन छोटो लगायेकी तेस्माथि लुगा एती टिमिक्क परेको छ की उनको सरीरको नाप बाहिरबाटनै सजिलै लिन सकिन्छ । उनी पशलमा अवस्थित ग्याङको कुनै वास्ता नगरिकन आफुले खोजेको सामान किनेर अघि बढ्छिन। उनको हिडाइमा जुन लचक्ता थियो त्यो सायद केटाहरुले खप्न नसकेर होला जिब्रो पड्क्याउन भ्याइहल्छ

हजारौको भिडमा ...

हजारौको भिडमा .... हजारौको भिडमा हिडिरहेछु म । भिडमा आफुलाई सामेल गराउन प्रयास गर्दै छु म।। डर र काली लाग्थियो नयाँ अनी अनौठो अनुहार देखेर। खुशी छु म जिउन पाउदा अपरिचितमाझ परीचित भएर।। कोही गोरा कोही काला रुपरङ सबैको फरक फरक। सबैको गती र मती देख्दा देख्दा कोर्दैछु यि हरफ ।। कोही अशुरक्षित कोही बेरोजगार सबको समस्या उस्तैउस्ता । चारैतिर समस्या सुनाउदा केही नलागेर पुज्दै छन देउता।। कोही होचा कोही अग्ला सब्को बनवोत बेग्ला बेग्लै। समुहमा रहेर पनि सबै जिउदैछन एक्ला एक्लै।। कोही हिददैछन सपना लीइ सफल मान्छे बन्ने। कुनबेला कहाँ के हुने हो यिनले के जान्ने।। कोही रुदैछन कोही चिच्याउदैछन् मेरो एस्तो र उस्तो भयो भनेर। किन कोही सम्झाउदैनन यिनलाई यहाँ यिनको सुन्ने कोही छैन भनेर।। हजारौको भिडमा मिसिरहेछु म। अपरिचितमाझ परीचित हुन सफल भएछु म।।

किन ???? - सोध्न चाहेका प्रश्नहरु

राजनीतिज्ञलाई नतिजा थाहा हुदाहुदै फोक्कटको वार्ता गरिकन पैसा खेर फाल्छौ किन?? आर्थिक स्थिती नसुध्रियेपनी बर्सेनी बजेट आकार बढौछौ किन?? माग पूरा कहीले गर्न नसक्नेले फोश्रो आश्वाशन बाडदै हिड्छौ किन ?? नेपाली जनतालाई बिगतका कामहरु छर्लङ छदाछदै निकम्माहरुलाई नै देश् सुम्पन्छौ किन ?? झुट बोल्दैछ भन्ने थाहा हुदाहुदै यिनीहरुलाई नै हामी फेरि बिश्वास गर्छौ किन ?? पत्रकारलाई समाचार बन्न लाएक खबरहरु हुदाहुदै सधैं उही रजनितिकै मात्र खबर छाप्छौ किन ?? चलचित्रकर्मीलाई देशभित्र एत्रो रुचिकर बिशयबस्तु हुदाहुदै भारतिय चलचित्रकै नक्कल गर्छौ किन ?? अन्तमा फेरि राजनीतिज्ञलाई नै देश् बिगार्नु नै त थियो नेपाल लाई नै रोज्यौ किन ?? छनत अरुपनी धेरै प्रश्न छन् तर अहिलेलाई एती नै । तपाइका पनि प्रश्न छ भने थुपार्नुहुनेछ भन्ने आशा गर्दछु ।

I have

While visiting through blogs, I have found the topic ‘I have’ quite interesting. I found the similar posts on many blogs like http://anbika.com/i-have-never/ , http://wagle.com.np/2010/08/17/i-have-never/ , http://talkingforum.wordpress.com/2010/08/26/what-i-have-done-or-not-yet/ , http://www.aakarpost.com/, http://sadhanasharma.blogspot.com/2010/08/i-have.html and http://blog.tajim.com.np/ . my sincere thanx to all of these bloggers. I have Never seen an Ocean: Never been to a swimming pool but have swim on the river in the childhood days.When I was 6 I was drowned in the river called सुडी खोला Never flown Overseas Travelled on the roof of a moving bus on route Kathmandu-Kathmadu University on many occasions. I love to travel on the roof Never jumped Out of a plane or a bridge but have jumped from a one storey house. During that jump I broke my leg very badly. I had to walk with fractured leg for more than 3 month. Never experienced Bun

देउसी गुन्जन

आहै भन मेरा भाई हो देउसी रे आहै राम्ररी भन देउसी रे आहै स्वर मिलाइकन देउसी रे आहै भन न भन देउसी रे देउसी रे भन देउसी रे आहै झिलिमिली झिलिमिली देउसी रे आहै केको झिलिमिली देउसी रे आहै बत्तीको झिलिमिली देउसी रे आहै बत्तीको हैन देउसी रे आहै दियोको झिलिमिली देउसी रे आहै दियोको हैन देउसी रे आहै तिहारको झिलिमिली देउसी रे आहै यो घर कत्रो देउसी रे आहै सिङ्हदर्बार जत्रो देउसी रे आहै यो आँगन कत्रो देउसी रे आहै टुडिखेल जत्रो देउसी रे आहै रातो माटो देउसी रे आहै चिप्लो बाटो देउसी रे आहै लडदै र पडदै देउसी रे आहै आएका हामी देउसी रे आहै हामी तेसै देउसी रे आहै आएका हैनौ देउसी रे आहै बली राजाले देउसी रे आहै पठायेका देउसी रे आहै आखुम्बाखुम देउसी रे आहै सेलरोटी चाखुम देउसी रे आहै छानामाथी घिरौला देउसी रे आहै केके दिन्छन हेरौला देउसी रे देउसी रे आहै भन मेरा भाई हो देउसी रे आहै राम्ररी भन देउसी रे आहै स्वर मिलाइकन देउसी रे आहै भन न भन देउसी रे देउसी रे भन देउसी रे आशिस : आहै यो घरैमा देउसी रे आहै लक्ष्मीले देउसी रे आहै बासै गरुन देउसी रे आहै बासै गरुन देउसी रे आहै अहिलेचोटी आउँदा देउसी रे आहै सिमेन्टको छानो