Skip to main content

Posts

Showing posts from September, 2010

पुस्तक समिक्षा -देखेको मुलुक by कनकमणी दीक्षित

पछील्लो बर्षहरुमा धेरै थरिका किताब पढ्ने मौका जुर्यो। तेसै सिलसिलामा कनकमनी दीक्षित को चर्चित पुस्तक देखेको मुलुक पढ्ने साईत जुर्यो।योभन्दा अघी धेरै पुस्तक पढियतापनी कुनैको समिक्षा गरिएको थिएन।तर खै यो पुस्तक पढिसके पछी भने मैले एस्को बारेमा आफ्नो दुइचार शब्द ब्यक्त नगरिकन बस्नै सकिन । मेरो विचारमा देखेको मुलुक मैले पढेको पुस्तकहरु मध्हे लेखकीय दृष्‍टिकोनबाट उत्कृष्ट पुस्तकहरुमै गनिन आउछ। यो पुस्तक प्राय देशको स्थिती जान्न चाहने पाठकहरुले पढ्नै पर्छ जस्तो मलाई लाग्छ। लेखकको नितान्त ब्यक्तिगत धारणाबाट प्रेरित देखेको मुलुक सबै पाठकलाई पाच्य नहुन सक्छ। पुस्तकमा केही शब्दहरुको उत्कृष्ट ढंग बाट बिश्लेशन गर्न खोजिएको छ। यि शब्दहरुमा राष्ट्रियता ,लोकारीझ्याइ ,पार्टिबाद र पहिचान जस्ता शब्दहरु पर्दछन। पुस्तकमा १० बर्शे जनयुद्दले देशलाई केकस्तो फाईदा र हानी गरेको छ भन्ने कुरालाई प्रमाण र आधार शहीत बिश्लेशन गर्ने कोशीश गरिएको छ जुन उदारहनिय छ। २०५० शालमा छ को दरमा गैरहेको अर्थिक बृदिदर कसरी १० बर्से जनयुद्दको चपेटामा परेर ३ मा झर्न बाध्हे भयो भन्ने तथ्यलाई लेखकले उत्कृष्ट ढंगबाट बिश्लेशन ग