पछील्लो बर्षहरुमा धेरै थरिका किताब पढ्ने मौका जुर्यो। तेसै सिलसिलामा कनकमनी दीक्षित को चर्चित पुस्तक देखेको मुलुक पढ्ने साईत जुर्यो।योभन्दा अघी धेरै पुस्तक पढियतापनी कुनैको समिक्षा गरिएको थिएन।तर खै यो पुस्तक पढिसके पछी भने मैले एस्को बारेमा आफ्नो दुइचार शब्द ब्यक्त नगरिकन बस्नै सकिन । मेरो विचारमा देखेको मुलुक मैले पढेको पुस्तकहरु मध्हे लेखकीय दृष्टिकोनबाट उत्कृष्ट पुस्तकहरुमै गनिन आउछ। यो पुस्तक प्राय देशको स्थिती जान्न चाहने पाठकहरुले पढ्नै पर्छ जस्तो मलाई लाग्छ। लेखकको नितान्त ब्यक्तिगत धारणाबाट प्रेरित देखेको मुलुक सबै पाठकलाई पाच्य नहुन सक्छ।
पुस्तकमा केही शब्दहरुको उत्कृष्ट ढंग बाट बिश्लेशन गर्न खोजिएको छ। यि शब्दहरुमा राष्ट्रियता ,लोकारीझ्याइ ,पार्टिबाद र पहिचान जस्ता शब्दहरु पर्दछन। पुस्तकमा १० बर्शे जनयुद्दले देशलाई केकस्तो फाईदा र हानी गरेको छ भन्ने कुरालाई प्रमाण र आधार शहीत बिश्लेशन गर्ने कोशीश गरिएको छ जुन उदारहनिय छ। २०५० शालमा छ को दरमा गैरहेको अर्थिक बृदिदर कसरी १० बर्से जनयुद्दको चपेटामा परेर ३ मा झर्न बाध्हे भयो भन्ने तथ्यलाई लेखकले उत्कृष्ट ढंगबाट बिश्लेशन गर्न सफल भएका छन।
दोरम्बा र माडिकान्डलाई उदाहरण बनाएर पुस्तकलाई भाबनात्मक बनाउने प्रयास गरिएको छ जुन कुरामा लेखक सफल पनि भएका छन। ति कान्ड पढ्दै गर्दा शायद हरेक पाठकको मन कटक्क खानसक्छ र आँखा पनि रशाउन पुग्छ। । त्यस घटनाको बारेमा बिस्त्रुत जानकारी पाइसकेपछी पीडितप्रती शहानुभुती नदर्शाइ कोही बस्न सक्दैनन र घटनाको दोशिलाई नसरापिकन कोही अघी बढ्न सक्दैनन। दोशी जो भएपनी सजाएको भागीदार नभएसम्म म्रीतकको अत्माले शान्ती नपाउने सबै नेपाली जनताको इछ्या नै लेखकको धारणा बनेको छ।
पुस्तकमा गिरिजाप्रशाद कोइरालाको पनि बर्णन गरिएको छ। उनको खराब पक्ष र अशल पक्ष को बारेमा बर्णन गर्नाका साथसाथै कसरी सबल पक्षले खराब पक्षलाई दबाउन सफल भएको छ भनेर पनि जानकारी दिन खोजेका छन । पुस्तकमा २०४७ साल पछी अन्य बरिस्ठ नेताहरु रहदा रहदै पनि कसरी गिरिजाबाबुले एक्लौटिरूपमा देशलाई आफ्नो अधिनमा राख्न सफल भये भनेर बर्णन गरिएको छ । जुन कुरा गिरिजाबाबु बारेमा जान्न चाहनेलाई शाहाएक सिद्द बन्न पुगेको छ।
देखेको मुलुक पुस्तकमा लेखकले आफुलाई मध्हेमार्गी सोच भएको जनताको रूपमा चित्रन गर्न खोजेपनी असफल देखिएका छन। पुस्तकमा कहिकतै मावोबादिको राम्रो पक्ष चित्रन गरेपनी धेरै जसो मावोबादिको खरो खानेका छन त्यो चाहे मावोबादिले सुरु गरेको १० बर्शे जनयुद्दको साहरा लिएर होस वा राजालाई सत्ताच्युत गर्ने कुराको जसजती सम्पूर्ण अन्य दललाई दिएर वा देशलाई आर्थिक रूपमा पछाडि धकेल्ने दोशजती सबै मावोबादिलाई लगाएर होस।
लेखकले दरबार हत्याकान्डको पनि बर्णन गरेका छन जुन पाठकलाइ भने अपच्य हुने खालको छ। लेखकले प्रतिबेदन अनी केही अन्तर्वाताको आधारमा हत्याकान्ड को दोशजती सबै दीपेन्द्रलाई लगाएर ज्ञानेन्द्रको परीवारलाई चोखो साबीत गर्न खोजेका छन । तर उनको प्रयास पढ्दै जादा आँफै खेर जानपुग्छ। उनले प्रतिबेदनको आधारमा सम्पूर्ण घटना घटेको बताउदा बताउदै अन्त्यमा दीपेन्द्रको हत्याभने रहस्य नै रहेको बताउनेले उनको ज्ञानेन्द्रलाई चोख्याउने प्रयास बिफल तुल्याएको छ।
लेखकले सगरमाथा र गौतम बुद्धको बारेमा लेखेका केही वाक्यले पनि आफ्नो पुस्तकको बजन आँफै घटाऊन पुगेका छन।
समाप्त
Comments