फेसबुकको भित्तो देखी सुरु भएको
हाम्रो कुरो मनको कुना भित्र पुगिसकेछ
स्काइेप र फोन कल त अहिले
शरीरमा तरङ फैलाउने माध्यम बनिसकेछ
हाइ के छ बाट सुरु भएको
अहिले एज अ फ्रेन आइ लभ यू भैसकेछ।।
सोधी हेर्दा कतै मिस त गरिनौ
गर्दिन भन्दाभन्दै प्रेम झन झाङिदै गैसकेछ
कैलेकाही सबै कुरा ब्यक्त गर्न नसक्दा
डर लाग्छ कतै यो एक्लौटी पो बन्दैछ।।
एक्दिन त्यो सुन्दर आवाज कानमा नगुन्जियोस
भित्रभित्रै आगोको ज्वालामुखी उर्लिन थाल्दछ
कतै त्यो आवाजमा बेदना सुनुन
भित्रभित्रै पस्चातापले डाँको पिटिसकेको हुन्छ
कतै त्यो हस्मुख अनुहारमा मुस्कान छुटोस
एता तडपले आशुको भेल बगाइसकेको हुन्छ।।
अन्तमा
तिम्रो लागि आकाशको तारा टिपिदिन्छु
एउटा महासागर नै तैरिदिन्छु
जस्ता गफ त दिन्न आउँदैन
आउछ त केवल
सुनाउन मनका बेदना
पोख्न शब्दमा कैलै नसकिने भावना
अनी भन्न सधैं राखिरहनेछु यो मनमा।।
Comments