निराश जिन्दगी लिएर कतै हराये भने म पहाड बनेर तिमी मेरो बाटो छेकिदिनु दु:ख र बेदनाले पोल्दा कराये भने म अजम्बरी बूटी तिमी प्यास मेटिदीनू। यो जीवनको अर्थ बुझ्न सकिन भने मैले सव्दकोश बनेर तिमी सामु अाइदिनु। मुटुको धद्कन बिस्तारै रोकियो भने मेरो धद्कन बनी तिमी मुटुमा मेरो धद्किदिनु । आँखा धमिलो भैइ देख्न छोडे भने मैले तिमी एक अंुल्य ज्योति भईदिनु । बिस्तारै श्वास लीना छोडे भने मैले तिमी एक मुठि श्वास बनेर अदकिदिनु। कुनै अपरिचित मान्छेले मलाई लान लाग्दा महाकाली नदी बनेर तिमी तेतिबेला अाइदिनु । पुष माघको ठंदिले मेरो जिउ काम्दा तिमी प्रचन्ड प्रकाश बनी छैदिनु । बेहोशिको बेला केही चल्मलाये भने म शक्ती बनेर तिमी मभित्र प्रबेश गरिदिनु । आँखा उघारेर जब म हेर्न थालछु तब उज्यालो पानष बनेर देख पर्नु।
Opinion on diverse socio-political issues