कुरो हो फेसबूक आन्दोलनको-
खुशिको कुरो छ बिभिन्न पेशाको, बिभिन्न जातजाती अनी बिभिन्न क्षेत्रमा पाइला हाल्दै गर्नुभएका देखि सफलता प्राप्त गरिसक्नुभएका ब्यक्तिलाई एकै ठाउमा देख्न पाइएको छ, जान्ने बुझ्ने अनी सिक्ने सिकाउने मौका पाइएको छ। सबको सोच भिन्दाभिन्दै छन,काम गर्ने तरिका अनी ब्यक्त गर्ने शैली भिन्नभिन्नै छन। यहाँ फेसबूक सन्जालमा लगभग सबै युवाहरु देशको स्थितिबाट बिरक्त भैसक्नु भएको छ र रमाइलो गर्ने समयमा देशको लागि मरिमेट्ने कसम खानुभएको छ। अझ मुख्यत सम्पुर्ण युवाको भनाइ एक छ " हे नेताहरु, तिमीहरुको चालले केही होला जस्तो देखिदैन, अब की हामिलाई ठाउ देउ की आफ्नो कदम घरबाट छोडेर देशको लागि अगाडि बढाउ"
यसो पो सोच्ने की- हामि सधैं देश नेताले बिगारे भनेर आफू साधु (चोखो ) बन्ने गर्छौ। नेताहरु भ्रस्ट भएर देश यस्तो भएको भन्छौ तर यहाँनेर मेरो प्रश्न " के हामीले कहीले आफूलाई नियालेर हेरेका छौ??" यहानेर यस्ता कयौ प्रश्नहरु छन् जुन मेरो बुझाइमा अरुलाई सत्तोसराप, गालीगलौज गर्नेभन्दा पहिला आफूलाई परिवर्तन गर्नुपर्ने देखिन्छ।
केही उदाहरण :
- के हामीले कहीले चकलेट, चाउचाउ, आदिको खोल ३०-४० पाइला हिडिकन फोहोर संकलन गर्ने ठाउँमा फाल्ने चेस्टा गरेका छौ ??
- के हामीले कहीले साथीभाइ, कुनै पनि स्तरको चुनावमा चिनेजानेकालाई प्राथमिकता नदिकन क्षमता भएका मान्छेलाई जिताउने गरेका छौ??
- के हामीले सरकारले तोकेको बसबिशौनीमा मात्र उत्रने र चढेने दु:ख गर्न सक्छौ??
- के हामी पढेका भनौदाहरु पैसाको लोभ नगरिकन देशको कुनाकुनामा गएर काम गर्न तयार छौ ??
- के हामी कुनै पनि ठाउको लाइनमा घन्टौ कुर्ने धैर्य गर्न सक्छौ ??
- के हामीले कहिले देउडा, दोहोरी जस्ता गीतलाई प्राथमिकतामा राख्छौ ??(हुन त सुन्नेको रोजाइको कुरो हो तरपनी एकपटक सोचौन)
- के हामीले कहीले हिन्दी मुभि कुर्नुको सट्टा रङमन्च मा नाटक मन्चनमा जाने गरेका छौ ??(कलाको कुरा गर्दा रङमन्चमा अझ स्तर हुन्छ, यदि मनोरन्जन खोज्नुहुन्छ भने चै नेपाली मूभीलाई पनि कम आक्न चै मिल्दैन हेर्ने कोशीश गर्नुस् अनी भन्नुस तर सुनेको भरमा नबोल्नुस )
- के हामीले अरुको बाटो नहेरिकन आफै अग्रशर हुने गरेका छौ?? (अरुले गर्न थाल्दा एस्तो र त्यस्तो भन्दै ठुल्ठुला कमिकमजोरी देखाउछौ ।। जब ल मैदानमा आएर सिकाइदेउन त भन्दा नाकमुख देखाउदैनौ।। कहिलेकाही त आफै पनि थालनी गरम न। कति अर्काले गरेको काममा मात्र राम्रो नराम्रो भन्ने ))
यी माथी उल्लिखित प्रश्न त केही मात्र हुन जुन देशको लागि सोच्नेले एकपटक सोच्दा केही फरक अवस्य हुन्छ जस्तो मलाइ लाग्छ। एस्ता ठाउहरु धेरै छन जहाँ हामिले आफ्नोपन नेपालीपन पनि भुल्दै गएका छौ अनी आफाफ्नै हिसाबले भ्रस्टपन पनि झल्काउदै गैरहेका छौ।। एकपटक भिन्दै सोच्ने की, जय नेपाल
एकपटक भिन्दै सोच्ने की,
जय नेपाल

Comments