कथा : ***
सधैं सुनी आएकै हो।।। देखि आएकै हो।। केटा वा केटीको तर्फबाट one sided love story हुन्छ।।। जब उसले प्रेम अभिब्यक्त गर्ने समय आउछ intermission हुन्छ।। यो त थाहा भएकै कुरा हो।। तर त्यो intermission सम्म कसरी प्रस्तुतिकरन गरिन्छ त दर्शक बाधेर राख्नलाई ।। Intermission मा देखिएको कौतुहलतालाई अन्त्यसम्म उही गतीमा निर्देशकले दौडाइरहन सक्छन् त??
हाम्रो नेपाली चलचित्रमा प्राय हुने भनेको intermission सम्म निर्देशकले ल यसमाचै केही छ है भने जस्तै गरि एकदम उत्सुकतापुर्वक हेर्ने बनाउछन ।।। तर climax आउनु अघिनै सबै कथा अनि frame by frame prediction मिलीसक्ने अवस्था हुन्छ।। के अध्यायले पनि चलिआएकै परम्परा पच्छ्याएको छ त???
Love story भन्ने बित्तिकै केटा र केटीको मिलन हुनैपर्छ।। बिचमा २-४ ढिसुम ढिसुम, भर्जीन डाडोमा hero र heroin को लोभलाग्दो द्रिश्य संगै कम्मर मर्काइ।। युवाबर्ग लक्षित भनेपछि एक दुइटा किस।।। अनी मिलन बिछोड संगै अन्त्यमा पुनर्मिलन।।। एता आमा बाउ खुशि।।। ऊता छोरा छोरी खुशि।।। के अध्यायमा पनी एही हुन्छ त??
प्रश्न धेरै छन चलचित्र हेर्नु अघि गरिने।।। तर जवाफ केवल हलमा बिताउने २ घण्टाले मात्र दिन सक्छ।।।।
अभिनय : ****
चलचित्रमा प्रस्तुत मुख्य भूमिकामा रहेका अभिनेता तथा अभिनेत्री सबैको उतीकै महत्वपूर्ण तथा ससक्त भूमिका रहेको छ। कर्मा रङकर्मी रहेदेखी नै चर्चामा रहदै आउने गरेका छन। उनले निभाउने गरेको हरेक भूमिकाहरु जीवन्त लाग्ने गरेका छन। चाहे त्यो सानो संसार मा होस वा फर्स्ट लभ वा भिसा गर्ल। अध्यायमा पनि कर्मा आफ्नो जोडदार कलाकारितालाई निरन्तरता दिदै सोझो प्रेमिको भूमिकामा खरो उत्रिएका छन। अर्को तर्फ शान्ती गिरी पनि आफ्नो भूमिकामा ससक्त उत्रिएकी छीन। एकातिर घर बाट निस्कदा सोझी देखिएकी युवती होस वा जड्याहा बाबु बाट सताइएकी पीडित छोरी वा उनको अर्को रुप ********** ।। हरेक भूमिकामा उनको Expression परिस्थिती सुहाउदो देखिन्छ। गुण्डा तथा रिसाहा स्वभावको छबी बोकेका सुशिलराज पाण्डे पनि आफ्नो भुमिकामा खरो उत्रिएका छन। चाहे भाईलाई कसैले कुटेको सुन्दा होस वा प्रेमिका सँगको प्रेमालाप को क्षण। अर्को तर्फ सिम्पल खनालको चुल्बुले पचर पचर पात्र चलचित्रलाई उर्जा थप्ने खालको छ। दर्शकलाई चलचित्र भित्र समेटिरहन सफल छ। अध्याय बाट नव नायकको रुपमा आकाश मगर जमेका छन। नेपाली चलचित्रको उदाउदो ताराको रुपमा उनलाई मान्न सकिने अवस्था छ। Expression Timing अनी Dialogue Delivery Timing हेर्दा कुनै पहिलै देखिको स्थापित कलाकार भन्दा कम लाग्दैन आकाश मगरको Acting ।
सम्बाद : ****
सम्बादहरु प्रसँग मिल्ने गरी लेखिएका छन।।। प्राय जसो चलचित्रमा हुने व्याकरण पढे जस्तो लाग्ने वाक्यन्शहरुको प्रयोग अध्यायमा नगन्य मात्रमा प्रयोग भएको छ जसले चलचित्रलाई झ्याउ लाग्दो हुन बाट जोगाएको छ।।
संगीत : *****
ब्रह्मनाल कही कतै नाम सुनिएको तर तेती चर्चामा नआएको band हो।।। चलचित्र जगतको नवप्रतिभा भएपनी पहिलो प्रयासमै सफलता हासिल गर्न सफल भएको छ ब्रह्मनाल। चलचित्रमा ३ वटा गीत छन। हरेक गीत गीतकै लागि नभैकन परिस्थिती अनुसार सान्दर्भिक छन। चाहे मन फुरुङ हुँदा होस वा मर्ममा पर्दा। गीतको शब्द अनी धुन सँगै आँफै बहेकोझै आभाश हुन्छ।
समग्रमा भन्नुपर्दा अध्यायले दर्शकको स्वादलाई भर्पुर न्याय गर्ने प्रयास गरेको छ। चलचित्र क्षेत्र बदलिने क्रममा रहेको छ कही कतै loopholes पक्कै छन तर थोरबहुत Loopholes को आधारमा समग्र चलचित्र खराब भन्ने तर्क दिनु भनेको एउटा सुन्तला अमिलो फलेछ भन्दैमा पुरै बोटमै अमिलो सुन्तला फल्छ भन्ने मुर्ख तर्क दिनु जत्तिकै हो।
अन्त्यमा चलचित्र राम्रो बनेको छ। नेपाली चलचित्रलाई माया गरौ। नेपाली चलचित्रको उत्थानमा सहयोग गर्ने हो भने भएको कमिकमजोरिलाई कोट्याएर बस्नु भन्दा हातेमालो गरेर आघी बढौ। बेलाबखत हेर्न लाएक, हलमा २-३ घण्टा थाम्न सक्ने चलचित्र आउछ तेसलाई सम्मान गरौ र सकेसम्म आफु सँगसङै साथीभाइलाई समेत तानेर हलसम्म लगौ। तर एकपटक चलचित्र हेरेर मात्र साकारात्मक वा नकारात्मक टिकाटिप्पनी दिने गरौ।

राम्रो लगेमा मुक्तकन्ठले प्रसन्सा गरौ। नराम्रो लागेमा के कस्तो कारण नराम्रो लाग्यो उजागर गरौ।। भर्खर बिउझन लागेको नेपाली चलचित्रको रक्षा गरौ।।
Comments