उर्जा संकटको विकल्प स् सि. एफ. एल चिम वा लेड चिम ?? रोजाई तपाईको मनिष थापा विगत केही वर्षदेखिन देशमा विद्युतको अभाव हुदै आइरहेको छ । जनसंख्या वृद्धि, विलासिनताको लालसा तथा दैनिक बढ्दै गैरहेको झीलिमिलि बत्ति तथा विद्यतिय उपकरणको प्रयोग जस्ता केही कारणहरु हुन जसले गर्दा वर्षेनी विद्यत खपतको मात्रा बढ्दै गैरहेको छ । अर्कोतर्फ जलस्रोतको धनि देश भैकनपनि विद्युतिय उर्जा उत्पादन गर्न नसक्नु देशको मुख्य कमजोरी रहदै आइरहेको छ । जुन रुपमन वर्षेनी विद्युतको माग भैरहेको छ त्यही मात्रामा विद्युतको उत्पादन भने हुन सकेको छैन । फलत जनताले दैनिक रुपमा १६ घण्टासम्म लोडसेडिङको मार खेप्नु परिरहेको छ । यस लोडसेडिङको समस्याले देशलाई प्रगतिको बाटोतर्पm लम्कनुको सट्टा ढुङ्गेयुगमा धकेलिरहेको आभाष दिलाउने गरेको छ । पछिल्ला दिनहरुमा लोडसेडिङको समस्या कम गराउन सरकारको तर्फबाट पहल नभएको भने होइन । केही उदाहरणहरु जस्तै विद्युत चोरीमाथी नियन्त्रण, वैकल्पिक उर्जाको प्रर्वद्धन, साना तथा मझौला जलविद्युत आयोजनाको विस्तार तथा विद्युत कम खपत गर्र्ने...
Opinion on diverse socio-political issues