Skip to main content

Posts

Showing posts from March, 2021

मागेर समाज सेवा हुने/ नहुने सम्बन्धि

मैले बुझेको कुरो मात्रै गरे है, विश्वमा हजारौ संघ संस्था छन् जसले विभिन्न श्रोत बाट श्रोत साधन जुटाएर सामाजिक कार्य गर्दै आइरहेका छन् | ति श्रोत हरुमा केहि निजि होलान, केहि व्यक्तिगत होलान, केहि सरकारी होलान, केहि धार्मिक होलान | कयौ विकसित देशमा सामाजिक कार्यमा रकम सहयोग गरेबापत प्रमाण पत्र मिल्ने र सो बाट आफुले तिर्नुपर्ने करमा समेत कटौती हुने गर्दछ | कयौ देशमा बिद्यार्थी कालमै सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गरिन्छ | सो को निम्ति बिकसित देशका विद्यार्थी हरु आफुले जोगाएको रकमबाट अति कम बिकसित देशहरुमा पुग्दछन र सामाजिक कार्यमा संलग्न हुन्छन, आफुले जानेको कुरा सिकाउछन | यसलाई विशेष गरेर जीवन उपयोगी शिप बृद्दी को रुपमा लिने गरिएको छ | धर्मकै हिसाबले हेर्ने हो भने, हिन्दु धर्म र क्रिस्चियन धर्ममा लागेका व्याक्तिहरुले आफ्नो कमाइको केहि रकम सामाजिक कार्यमा लगाउने गरेका हुन्छन | हिन्दु धर्ममा लागेकाले बढी जस्तो, चौतारी निर्माण, सडक निर्माण, मन्दिर निर्माण, दिनदुखिलाई खाना प्रदान गर्ने गरेका हुन्छन भने क्रिस्चियन धर्ममा लागेको व्यक्तिले आफ्नो कमाइ विशेष गरेर चर्चमा जम्मा गर्ने गरेको प...